काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ६ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८१ जना कोरोना भाइरसका संक्रमितहरु थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभरका बिभिन्न प्रयोगशालामा ११ हजार १६७ जनामा पीसीआर परिक्षण गर्दा १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारि दिए ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको प्रवक्ता गौतमले जानकारि दिए ।
यस्तै थप ९१८ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ३३ हजार ८८२ पुगेको छ । यो संख्या कुल संक्रमितको ६८ दशमलव ८ प्रतिशत हो । आज देशभर ५ हजार ४८० जना क्वारेन्टाइनमा छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया