हेटौँडा, ३० कात्तिक । सीटीईभीटी अन्तर्गत नेपाल–भारत मैत्री बहुप्राविधिक शिक्षालयमा आइतबार सञ्चालन भइरहेको परीक्षा पुरानो प्रश्नपत्र वितरण भएपछि रद्द गरिएको छ। केन्द्राध्यक्ष र बाह्य सहायकको लापरबाहीका कारण परीक्षा रद्द भएको हो।
विद्यार्थीहरूले परीक्षा सकिसकेपछि मात्रै रद्द भएको जानकारी पाएपछि नाराबाजी गर्दै प्रदर्शन गरेका छन्। परीक्षा सूचनामा ढिलाइ र व्यवस्थापन कमजोर भएको पनि उनीहरूको आरोप छ।
केन्द्राध्यक्ष भुवनेश्वर रञ्जितकार र बाह्य सुपरिवेक्षक शङ्कर खतिवडामाथि छानबिन भइरहेको हेटौँडा प्रदेश कार्यालय प्रमुख हर्कलाल श्रेष्ठले जानकारी दिएका छन्। आइतबार दिउँसो जिल्ला परीक्षा समन्वय समितिको बैठक बस्नेछ।
रद्द परीक्षामा फिजियोथेरापी, एचआईएच, प्लान्ट साइन्स, एनिमल हज्बेन्ड्री, प्रि-डिप्लोमा जेटिए एपिसरी कल्चर तथा भेटनरीका विषयहरू समावेश थिए, जसमा ७९ जना परीक्षार्थी सहभागी थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया