कार्तिक २२, २०८३ आइतबार November 8, 2026

जनता माविका प्रधानाध्यापक चार महिनादेखि अनुपस्थित, विद्यालय सञ्चालन प्रभावितेक

केही शिक्षक–अभिभावककै विवादका कारण समस्या उत्पन्न भएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कल्याणपुर (सप्तरी), कात्तिक २९ । सप्तरीको विष्णुपुर गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय, खुरहुरियाका निमित्त प्रधानाध्यापक अशोककुमार यादव चार महिनादेखि विद्यालयमा अनुपस्थित रहँदा पठनपाठन र प्रशासनिक काम प्रभावित भएका छन्।

शिक्षक तथा लेखा अनुगमन समितिले पत्रकार सम्मेलन गर्दै यादवले १९ लाख २९ हजार ९३८ रुपैयाँ अनियमित खर्च गरेको आरोप लगाएको छ। समितिले कारबाही प्रक्रिया अघि बढाएपछि उनी असार २० देखि विद्यालय आउन छाडेको दाबी गरिएको छ।

शिक्षक र अभिभावकले महिनौँदेखि विद्यालय प्रमुख नआउँदा समस्या बढेको गुनासो गरे पनि गाउँपालिका र सम्बन्धित निकायले चासो नदेखाएको आरोप लगाएका छन्।

गाउँपालिका अध्यक्ष उपेशप्रसाद यादवले भने केही शिक्षक–अभिभावककै विवादका कारण समस्या उत्पन्न भएको बताउँदै निमित्त प्रअलाई काम गर्ने वातावरण नभएकाले काजमा गाउँपालिकामा राखिएको प्रतिक्रिया दिएका छन्।

शिक्षा संयोजक र विद्यालय प्रमुखले स्थानीय गुटबन्दी र धाकधम्कीका कारण विद्यालयमा कार्य वातावरण नबनेपछि गाउँपालिकाबाट हाजिर हुन थालेको बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया