काठमाडौं, मंसिर ६। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूविरुद्ध गलत हल्ला फैलाएको भन्दै ‘Miss Pabi 4’ फेसबुक पेजविरुद्ध रिपोर्ट गरेका छन्।
राजनीतिसँग सम्बन्ध नराख्ने स्पष्ट पार्दै मन्त्री पुनले उक्त पेजले आफूलाई राजनीतिक दलमा लागेको भन्दै भ्रम फैलाउने पोस्टहरूमार्फत जनतालाई गलत सूचना दिएको आरोप लगाएका छन्।
मन्त्रि पुनले आफ्नो आधिकारिक फेसबुकमा लेख्दै भनेका छन्, “सावधान — ‘Miss Pabi 4’ भन्ने फेसबुक पेजलाई मैले रिपोर्ट गरें र अरू साथीहरूले पनि सावधान हुनुहोस्। यस्ता फेसबुकेले झूटो कुरा फैलाउँछन् र सबैलाई भाँड्ने काम गर्छन्। म कुनै पार्टीमा लाग्ने मान्छे होइन।”
उनका अनुसार फेसबुकको मातृ कम्पनी ‘मेटा’ मा आफूले पेजविरुद्ध रिपोर्ट गरिसकेका छन् र जनतालाई पनि त्यस्ता भ्रम फैलाउने पेजबाट सजग रहन आग्रह गरेका छन्।
यसअघि पनि मन्त्री पुनविरुद्ध सामाजिक सञ्जालमा विभिन्न भ्रामक सूचना फैलिएको भन्दै नागरिकहरूले चिन्ता व्यक्त गर्दै आएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया