बैसाख १६, २०८३ बुधबार April 29, 2026

त्रिवि धरान क्याम्पसको बायोलोजी र फिजिकल समूहमा ‘प्री–एडमिसन’ खुला, आवेदन ३० गतेसम्म

विद्यार्थीले अनलाइनबाट फारम डाउनलोड गरी बैंक भौचरसहित इमेलमार्फत फारम बुझाउनु पर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसले बीएस्सी बायोलोजी तथा फिजिकल समूह पहिलो वर्षका लागि प्रि–एडमिसन फारम खुला गरेको छ। क्याम्पसले मंसिर ३० गतेसम्म आवेदन दिन सकिने जनाएको छ।

विद्यार्थीले अनलाइनबाट फारम डाउनलोड गरी बैंक भौचरसहित इमेलमार्फत फारम बुझाउनु पर्ने क्याम्पसद्वारा जारी सूचनामा उल्लेख छ। आवेदन शुल्क २०० रुपैयाँ तोकिएको छ।

क्याम्पसले समग्र शैक्षिक अङ्क, समकक्षता र प्रवेश सम्बन्धी नियमअनुसार छनोट प्रकृया सञ्चालन हुने जनाएको छ।

क्याम्पसले भर्ना सम्बन्धी विस्तृत जानकारी, आवश्यक कागजात तथा समूहगत पात्रता मापदण्ड सूचना पत्रमै उल्लेख गरेको छ।

सूचना हेर्नुहोस्

May be an image of text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया