भाद्र १०, २०८३ बुधबार August 26, 2026

विद्यालयको अक्षयकोषमा ४० लाख सङ्कलन

विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाटै अक्षयकोषमा रु आठ लाख सहयोग सङ्कलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बाग्मती, १६ मङ्सिरः मकवानपुरको हेटौँडा उपहानगरपालिका–१६ हटियास्थित जनप्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)ले स्थापना गरेको अक्षयकोषमा रु ४० लाख सङ्कलन भएको छ ।
गरिब, विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले विद्यालयद्वारा स्वर्ण जयन्तीका अवसरमा अक्षयकोष स्थापना गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन बास्ताकोटीका अनुसार विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाटै अक्षयकोषमा रु आठ लाख सहयोग सङ्कलन भएको छ ।
यस्तै सो अक्षयकोषमा शिक्षक अभिभावक सङ्घ, विद्यालय व्यवस्थापन समितिका पूर्वपदाधिकारी, पूर्वविद्यार्थी, सल्लाहकार, स्थानीय समाजसेवीलगायतले आर्थिक सहयोग  गरेका थिए । स्वर्ण महोत्सव मनाउने क्रममा दुई साताअघि विद्यालयले अक्षयकोषको घोषणा गरेको थियो । अक्षयकोषमा आर्थिक सहयोग सङ्कलन हुने क्रम जारी रहेको प्रधानाध्यापक भूपेन्द्र चौलागाईंले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उद्धार, खोज तथा राहतका कार्यक्रमलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
२०८३ भाद्र १०, बुधबार
बाढीको जोखिमपछि तीन प्रमुख सडकखण्डमा यात्रा नगर्न आग्रह
२०८३ भाद्र १०, बुधबार
टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्क विहीन
२०८३ भाद्र १०, बुधबार
मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै
२०८३ भाद्र १०, बुधबार
सिरहा भन्सार कार्यालय : राजस्व सङ्कलनमा वृद्धि
२०८३ भाद्र १०, बुधबार
भोटेकोशी बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै रास्वपाको सतर्कता अपिल
२०८३ भाद्र १०, बुधबार
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
२०८३ भाद्र १०, बुधबार