असार २९, २०८२ आइतबार July 13, 2025

तुलसीपुरका तीन कर्मचारी र चार स्वास्थ्यकर्मीमा कोरोना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः दाङको तुलसीपुर उपमहानगरपालिकामा कार्यरत तीन कर्मचारी र चार स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा तुलसीपुरका २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार वडा न. ८ स्थित भिमसेन नगर शहरी प्रवद्र्धन केन्द्र, वडा नं ३ स्थित प्रतापकोट वडा स्वास्थ्य केन्द्र, वडा नं १९ छिल्लीकोट सामुदायिक स्वास्थ्य चौकी, वडा नं ६ स्थित गोलौरा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना सङक्रमण पुष्टि भएको छ ।

तीमध्ये कर्मचारी, स्वास्थ्यकर्मीसहित कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्ति रहेका छन् । जम्मा ८९ जनाको स्वाब परीक्षण गर्दा वडा नं ६ का छ, वडा नं १८ का चार, वडा न. २, ८ र १६, मा २÷२ जना तथा वडा नं ३,४, ५, १५, १७ र १८ मा एक-एक जनामा कोरोना सङक्रमण पुष्टि भएको हो ।

योसँगै तुलसीपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या १४१ पुगेको छ । सोमध्ये ८७ डिस्चार्ज भएका छन् । अब जिल्लामा सङक्रमितको संख्या ८७३ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार