काठमाण्डाैंः गण्डकी प्रदेशमा ४५ जना कोरोना सङ्क्रमित थपिएका छन् । अद्यावधिक विवरणअनुसार प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ८६५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) देबचुली ३४, कास्कीको पोखरा महानगरपालिका १० र गोरखाको आरुघाटका एकजना रहेका छन् ।शुक्रबार राति १ः१५ बजे पोखरा महानगरपालिका–५ की ४५ वर्षीय महिलाको पोखरास्थित फिष्टेल अस्पतालमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
निर्देशनालयका अनुसार प्रदेशमा कोरोनाको सङ्क्रमणले हालसम्म २४ जनाको मृत्यु भएको छ । प्रदेशमा हालसम्म ५५ हजार ६९९ जनाको पिसिआर परीक्षण गरिएकामा ५२ हजार ८३४ जनामा कोरोना सङ्क्रमण देखिएको छैन भने उपचारपछि एक हजार ८४९ जना निको भइसकेका छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९९२ जना रहेको निर्देशनालयले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया