कार्तिक २९, २०८३ आइतबार November 15, 2026

भक्तपुरमा योमरी उत्सव तथा खाना महोत्सव सम्पन्न

महोत्सवमा सहभागि हुन उपत्यकाका विभिन्न जिल्ला र विभिन्न ठाउँबाट आन्तरिक पर्यटककोसमेत घुइँचो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
भक्तपुर, २० मङ्सिरः भक्तपुर नगरपालिकाले आज यहाँ योमरी उत्सव, खाना महोत्सव, स्थानीय उत्पादनको प्रर्दशनी एवं सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
भक्तपुरको सूर्यमढीबाट नगरप्रमुख सुनिल प्रजापतिले शुभारम्भ गर्नुभएको योमरीका विभिन्न परिकारसहितको सांस्कृतिक ¥यालीले नगरका विभिन्न क्षेत्र परिक्रमा गरी दत्तात्रयमा आएर महोत्सवमा परिणत भएको थियो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँेले उद्घाटन गर्नुभएको एकदिने महोत्सवमा स्थानीय परिकारको स्वाद लिन स्वदेशी तथा विदेशी पर्यटकको भीड लागेको थियो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिका आफैँमा ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्व बोकेको सहर रहेको बताउदै यहाँको इतिहास, सम्पदा, सांस्कृतिक नाचलगायतले पर्यटकलाई आकर्षित गरिरहेको उल्लेख गर्नुभयो ।
नगरप्रमुख प्रजापतिले कला, संस्कृति, सम्पदा र परिकारलाई जाडेर पर्यटकलाई आकर्षित गर्न नगरपालिकाले यस प्रकारको कार्यक्रम आयोजना गरेको बताउनुभयो । यसले स्थानीय परिकार, कला, संस्कृतिको पहिचान बढाउन र व्यावसायिक रूपमा यहाँका  परिकारको प्रवर्द्धन गर्न टेवा पुग्ने उहाँको भनाइ थियो ।
महोत्सवमा सहभागि हुन उपत्यकाका विभिन्न जिल्ला र विभिन्न ठाउँबाट आन्तरिक पर्यटककोसमेत घुइँचो लागेको थियो । नगरपालिकाले दत्तात्रयलगायत स्थानमा यामरी प्रर्दशनी, सल्ला गणेश, क्वाठण्डौँ, सूर्यमढी, जेलाँलगायत स्थानमा खाना महोत्सव तथा स्थानीय उत्पादनको प्रर्दशनी गरिएको छ । त्यस अवसरमा योमरी, बारा, चटामरी, जुजु धौ, मःमःलगायत विभिन्न स्थानीय परिकारको राखिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार