काठमाण्डौंः काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । पछिल्लो पटकको परीक्षणमा नेगेटिभ रिपोर्ट आएसँगै उनी कोरोनामुक्त भएको निजी सचिवालय स्रोतले जनाएको छ ।
उनी कोरोना संक्रमित भएको १३ दिनमा नीको भएका हुन् । उनी अब केहि दिन निवासमा आराम गरेर उनी काममा फर्किने छन् । भदौ १५ गते उनमा कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि शाक्य होम आईशोलेसनमा बसेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया