कार्तिक २९, २०८३ आइतबार November 15, 2026

आज बिहिबार, बिष्णु भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल

धनुलाई आज शुभग्रहको बहुमत भएकाले सोचेका काम बन्ने योग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष : शिक्षामा गरेको प्रयास सफल हुनेछ । गणेशको सम्झना गर्दै दिनको सुरुवात गरेमा काम बन्नेछ । तर व्यस्त दैनिकीले शारीरिक समस्या हुनसक्छ । स्वास्थ्यमा समस्या थप बढ्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

वृष : दिन राम्रो छ । कला र गलाको प्रदर्शन गर्ने दिन छ । महत्त्वपूर्ण काम गरेर देखाउने समय आएको छ । व्यापारमा एकल निर्णय लिनुभन्दा सहकार्य गर्नु आवश्यक देखिन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : दिन सहज छ । ज्ञानको दायरा फराकिलो बन्नेछ । भविष्यलाई सम्झिएर व्यवहार गर्नु आवश्यक देखिन्छ । व्यवहारको अप्ठेरोले तपाईं समस्यामा पर्ने योग छ । बोली र व्यवहारमा एकरुपता देखाउनुपर्ने आवश्यकता देखिन्छ ।

कर्कट : दिन राम्रो छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । गुरुसँग सल्लाह लिएर अगाडि बढ्नुपर्ने देखिन्छ । अग्रजको सुझाव महत्त्वपूर्ण बन्नेछ । स्वास्थ्यमा देखिएको समस्यामा सुधार हुनेछ ।

सिंह : स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँग घुमघाम गर्ने दिन छ । तीर्थको लागि समय तय हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षामा सुधार हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : दिन राम्रो छ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । साथीसँग कुरा गर्दा गोपनीयता भंग हुने भएकाले सचेत बन्नुपर्नेछ । शिक्षाको क्षेत्रमा निरन्तर प्रयास गरेमा सफलता मिल्नेछ । स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ ।

तुला : शिक्षामा गरेको लगानी सफल बन्नेछ । आफूभन्दा ठुला मान्छे र गुरुबाट लिएको सल्लाह अनुसार गरेको काम सफल बन्नेछ । आज परिवारको भन्दा बाहिरका मान्छेको साथ र सहयोग मिल्नेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

वृश्चिक : सोचेको काम बन्नेछ । साथीभाइको सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार हुने योग छ । सञ्चित धन खर्च हुने भएकाले अनावश्यक खर्च कटौती गर्नु राम्रो हुनेछ । पारिवारिक मेलमिलाप रहला ।

धनु : शुभग्रहको बहुमत भएकाले सोचेका काम बन्ने योग छ । कार्यशैलीमा भने परिवर्तन आवश्यक छ । कृषि क्षेत्रमा घाटा हुनेछ । पशुजन्य व्यापारमा भए सचेत बन्नुपर्ने समय छ । संकटमा साथीको भने साथ मिल्नेछ ।

मकर : दिन राम्रो छ । थोरै लगानी गरेको भए पनि व्यापारमा फाइदा हुनेछ । विपक्षी भन्दै गरेका साथीहरुले तपाईंको पक्षमा काम गर्नेछन् । स्वास्थ्यको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । परिवारसँग बसेर रमाइलो घुमघाम हुनेछ ।

कुम्भ : हरेक कुरामा झन्झट आइपर्नेछ । सानो विषयले धेरै दु:ख दिने देखिन्छ । शनिदेव सकारात्मक भए तपाईंले सोचेका काम बन्नेछन् । बिहान उठेर शिवको भजन सुन्न सकेमा दिन सहज बन्नेछ । अप्ठेरो अवस्थामा परिवारको साथ मिल्नेछ ।

मीन : दिन सहज छ । दैनिक काम गर्नु अगाडि सूर्यको दर्शन आवश्यक देखिन्छ । स्वास्थ्यमा सुधार हुनेछ । व्यापारको लगानी सफल बन्नेछ । परिवारसँगको सम्बन्ध सहज बन्ने योग छ । राजनीतिक क्षेत्रमा नेतृत्वबाट त्रास बढ्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार