असोज १२, २०८३ सोमबार September 28, 2026

शुक्र ग्रहको वायुमण्डलमा भेटियो जीवन अस्तित्वकाे संकेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः खगोल शास्त्रीहरुले शुक्र ग्रहको वायुमण्डलमा जीवन भएको संकेत भएकाे बताएका छन्। ग्रहमा एउटा ग्याँस भेटेका छन् जसले शुक्र ग्रहको बादलमा केही सूक्ष्म जीव तैरिरहेको हुनसक्ने सम्भावना जनाइएको छ । भेटिएको ग्यासको नाम फस्फिन हो । एउटा यस्तो अणु जुन फस्फोरसको कण र तीन हाइड्रोजनको कण मिलेर बनेको छ ।

धर्तीमा फस्फिनको सम्बन्ध जीवनसँग छ । यो पेन्गुइन जस्ता जनावरको पेटमा पाइने सूक्ष्म जीवसँग जोडिएको छ र दलदलजस्तो कम अक्सिजन भएको स्थानमा पाइन्छ । यो ग्यास माइक्रो ब्याक्टेरिया अक्सिजनको अनुपस्थितीमा उत्सर्जित हुन्छ ।

फस्फिनलाई कारखानामा पनि बनाउन सकिन्छ तर शुक्र ग्रहमा त कारखाना छैनन् र निश्चित रुपमा त्यहाँ कुनै पेन्गुइन पनि छैनन् । त्यसो भए शुक्र ग्रहमा यो ग्यास किन छन्, त्यो पनि ५० किलोमिटर माथि ? बेलायतको कार्डिफ युनिर्भिटीका प्राध्यापक जेन ग्रिव्स र उनका सहकर्मीको मात्रै यहि प्रश्न छ ।

उनीहरुले नेचर एस्ट्रोनोमी नामको जर्नलमा एक पेपर प्रकाशित गरेको छ जसमा उनीहरुले शुक्रमा फस्फिन भेटिएको आफ्नो निगरानीलाई विस्तारसँग लेखेका छन् । साथै आफ्नो अनुसन्धानबारे लेखेका छन् जसमा उनीहरुले यो अणु कुनै प्राकृतिक, नन बायोलोजिकलमार्फत् बनेको हुनसक्ने बताउने कोसिस गरेका छन् ।

यद्यपि, वैज्ञानिकको समूहले शुक्रमा जीवन भेटिएको दाबी गरेका छैनन् । उनीहरुले यो सम्भावनाबारे थप पत्ता लगाउनुपर्ने बताएका छन् ।

वास्तवमा कार्डिफ युनिभर्सिटीका प्राध्यापक जेन ग्रिव्स र उनका साथीले हवाईको मौना केआ अब्जरवेटरीमा जेम्स क्लर्क म्याक्सवेल टेलिस्कोप र चिलिमा रहेको अटाकामा ‘लार्ज मिलिटरी ऐरी टेलिस्कोप’ को मद्दतले शुक्र ग्रहमा निगरानी राखे ।

यसमा उनीहरुले फस्फिनको स्पेक्ट्रक सिग्नेचरबारे पत्ता लगाए । तत्पश्चात् वैज्ञानिकले शुक्र ग्रहको बादलमा यो ग्यास अत्यधिक मात्रामा भएको सम्भावना जताए ।

शुक्र ग्रहबारे हालसम्म जति पनि जानकारी प्राप्त छ र त्यहाँ जस्तो स्थिती छ, त्यो हेर्दा फस्फिनको जति मात्रा त्यहाँ भेटिएको छ,  अहिलेसम्म फस्फिनको कुनै पनि अजैविक माध्यमबारे पत्ता लाग्न सकेको छैन । यसको अर्थ यो हो कि जीवनको सम्भावनामाथि विचार गर्न सकिन्छ । बीबीसी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा
२०८३ असोज १२, सोमबार
वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित
२०८३ असोज १२, सोमबार
सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै
२०८३ असोज १२, सोमबार
एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा
२०८३ असोज १२, सोमबार
शैक्षिक पूर्वाधारमा ठूलो लगानी, अब उपलब्धि देखाउने दबाब
२०८३ असोज १२, सोमबार
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
२०८३ असोज १२, सोमबार
जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
२०८३ असोज १२, सोमबार