काठमाण्डाैंः बाराकी एक महिलाको पर्सामा कोरोना भाइरस संक्रमणबाट निधन भएको छ ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिका १४ डुमरवानाकी ५५ वर्षीया महिलाको नारायणी अस्पताल वीरगञ्जमा सोमबार बेलुकी सवा ७ बजे मृत्यु भएको हो ।
उनलाइ सोमाबार विहान सवा ११ बजे अस्पताल लगिएको थियो । कोरोना रिपोर्ट पोजेटिभ आएको केही समयमै उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. अतुलेस कुमार चौरसियाले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया