काठमाण्डौंः नेपालमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुर अस्पतालमा गरिएको परिक्षणमा ११ जना र वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परिक्षणमा २६ जना गरि ३७ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनमा गरिएको परिक्षणमा भरतपुरका २ पुरूष र २ महिला गरी ४ जना र कालिकाका ५ पुरूष र २ महिला गरी ७ जना रहेका छन् । संक्रमित हुनेमा १ वर्षीय बालकदेखि ३८ वर्षका पुरूषसम्म रहेको अस्पताले जनाएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटका २३ र बाराका ३ जनामा संक्रमण पुष्टि भएको हो । रौतहटका संक्रमितमध्ये गरुडास्थित राष्ट्रिय बाणिज्य बैंक र सिभिल बैंकमा कार्यरत ४/४ जना कर्मचारी रहेका प्रयोगशालाले जनाएको छ।
२ जना सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय गरुडामा कार्यरत एक जनपद प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया