काठमाण्डाैंः नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ७ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमाका अनुसार काठमाडौंमा ६५२ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ६० जना संक्रमित थपिएका हुन्।
यस्तै देशभर गरिएको परिक्षणमा एकैदिन १५ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण गर्दा १५ सय ३९ जनामा संक्रमण भेटिएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया