भाद्र ८, २०८३ सोमबार August 24, 2026

आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै

प्रक्षेपण भारतको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ललितपुर। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ। उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रह नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ।

नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा दुई वर्ष लगाएर तयार गरिएको मुनाल उपग्रह वनस्पति अनुगमन, स्वदेशी प्रविधि परीक्षण तथा कृत्रिम बौद्धिकतामा आधारित ‘डाटा’ प्रशोधनका लागि प्रयोग गरिनेछ।

उपग्रहको सञ्चालन ललितपुरको खुमलटारस्थित ग्राउन्ड स्टेसनबाट गरिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानका सचिव डा रवीन्द्रप्रसाद ढकालले मुनाल उपग्रह ‘आइएसआरओ’को ‘एसएलभी-सिक्स टू’ पनि ‘रकेट’मार्फत ‘राइडसेयर पेलोड’ का रूपमा आज बिहान १०ः१७ बजे (भारतीय समय) अर्थात् नेपाल समयअनुसार १०ः३२ बजे प्रक्षेपण हुनेछ भन्ने जानकारी गराए। ढकालले यो प्रक्षेपण भारतको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिनेछ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नक्कली समाचार फैलाए गोबिन्दाले १०० करोडको मानहानी मुद्दा हाल्ने
२०८३ भाद्र ८, सोमबार
बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत् उत्पादन परीक्षण जारी
२०८३ भाद्र ८, सोमबार
पृथ्वीराज मार्गमा पहिरो खस्दा यातायात सेवा प्रभावित
२०८३ भाद्र ८, सोमबार
१४औँ साग आगामी चैत तेस्रो साता पाकिस्तानमा हुने
२०८३ भाद्र ८, सोमबार
काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन
२०८३ भाद्र ८, सोमबार
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
२०८३ भाद्र ८, सोमबार
तीज गीतमा सुनको महँगीदेखि बेरोजगारीसम्मका नेपाली महिलाका गुनासा (भिडियो सहित)
२०८३ भाद्र ८, सोमबार