जेठ ७, २०८१ सोमबार May 20, 2024

सुदूरपश्चिम प्रदेशमा आज बुढी पोल्ने पर्व धुमधामसँग मनाँईदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी पोल्ने पर्व आज धुमधाम संग मनाईँदैछ । द्वापर युगमा भगवान श्रीकृष्णले पृतना राक्षसनीलाई मारेको खुसीयालीमा यो पर्व मनाउने गरिएको आम जनविश्वास रहेको छ ।

सोही सम्झनामा साँझपख सबै घरबाट काँस, अमरिसो लगायत पाँच थरीका घाँसले बेरेको राँको बनाएर सल्ला, बाँझ, निंगालो आदिका हांगाबिंगाहरु काटेर बनाएको बुढीलाई जलाउने गरिन्छ ।

जलेको खरानीको टिका गाईबस्तुलाई समेत लगाउने गरिन्छ । यसो गर्दा गोठमा पालिने जनावरलाई कुनै प्रकारको रोग नलाग्ने धार्मिक विश्वास रहँदै आएको छ । यो पर्व सुदूरपश्चिम प्रदेशका पहाडी समुदायले मनाउनुका साथै छिमेकी देश भारतको कुमाउ, गढवालमा पनि मनाउने गरिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया