असार २९, २०८२ आइतबार July 13, 2025

उपत्यकामा हालसम्मकै उच्च कोरोना संक्रमितहरु फेला परे- एकैदिन ८५९ जनामा संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च कोरोना भाइरसका संक्रमितहरु फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ८५९ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा गौतमले काठमाडौं जिल्लामा ६९८, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जनामा संक्रमण पुष्टि भएको बताए । आज देशभर २ हजार २० जनामा संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको प्रवक्ता गौतमले नियमित प्रेश मिटमा जानकारि दिए ।

यस्तै नेपालमा कोरोना भाइरस संक्रमणबबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएसंगै मृतकको संख्या ३९० पुगेको हो ।

यस्तै आजै थप ८७१ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएसंगै संक्रमण मुक्त भएर घर फर्किनेको संख्या ४३ हजार ८२० पुगेको छ । यो संख्या कुल संक्रमितको ७१ दशमलव १ प्रतिशत हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार