काठमाडौंः साओमीले नेपाली बजारमा स्मार्टफाेन र इयरफाेनसँगै टिभी पनि विस्तार गरेकाे छ । कम्पनीले मी टिभी ४एक्स (५५ इन्च) र मी एलईडी टिभी ४ए प्रो (४३ इन्च) सार्वजनिक गरेको छ ।
साओमीले दुई हप्ताअघि मात्रै नेपाली बजारमा रेडमी ईयरफोन ल्याएको थियो । उत्कृष्ट सफ्टवेयरका साथ स्मार्ट टिभी ल्याएकाे कम्पनीले बताएकाे छ ।
मी टिभी फाेर एक्स (५५ इन्च) २०२० संस्करणले नेपालमा ठूलो टिभीमा महत्वपूर्ण परिवर्तन ल्याएको छ । यसमा फाेरके टेन बिट एचडीआर डिस्प्ले सुविधा छ, जसलाई साओमीको इनहाउस इमेज प्रोसेसिङ अल्गोरिदम, भिभिड पिक्चर इञ्जिनले पूरक गरेको छ ।
यसमा इमर्सिभ अडियो भिजुअल अनुभव गर्न सकिने जानकारी कम्पनीले दिएकाे छ । टिभीमा २० वाट स्पिकर, डल्वी अडियो र डीटीएस एचडी प्रयाेग गरिएकाे छ । मी टिभी फाेर एक्स (५५) २०२० संस्करण गुगलको नयाँ एन्ड्रोइड टिभी ९.० को साथ गुगल एसिसटेन्ट, युट्युब, क्रोमकास्ट, गुगल प्ले स्टोर र डाटा सेभर बिल्ट-ईनमा आउँदछ ।
यो नयाँ मी एलईडी टिभी फाेर ए प्रो (४३) ४३ इन्चको १०८०पी पूर्ण एचडी रिजोलुसनको साथ आउँदछ जसले टिभी हेर्ने अनुभवलाई अझ उत्कृष्ट बनाउन थप शिष्टता ल्याउँछ ।
यसमा उत्कृष्ट सञ्चालन अनुभवका लागि साधारण १२ बटनको ब्लुटुथ मी रिमोट सुविधा छ र डुअल २० वाटको स्टेरियो सेटअप छ, जसले डीटीएस-एचडी साउन्ड प्रदान गर्दै उपभोक्ताको घरमा ठूलो टिभीको सिनेमेटिक अनुभव प्रदान गर्दछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया