लन्डन, फेब्रुअरी ३ । प्रिमियर लिगको उपाधि दौडमा टोटनह्यामले म्यानचेस्टर सिटीसँग २–२ को बराबरी खेल्दै आर्सनललाई ठूलो फाइदा पुर्याएको छ। डोमिनिक सोलान्केले दोस्रो हाफमा दुई गोल गर्दै दुई गोलले पछि परेको खेल बराबरीमा ल्याए। यससँगै आर्सनलले १४ खेल बाँकी रहँदा ६ अंकको अग्रता बनाएको छ।
यता, एस्टन भिल्ला १० खेलाडीमा सीमित ब्रेन्टफोर्डसँग १–० ले पराजित भयो। म्यानचेस्टर युनाइटेडले भने फुलह्यामलाई ३–२ ले हराउँदै नयाँ प्रशिक्षक माइकल क्यारिकअन्तर्गत लगातार तेस्रो जित निकाल्यो।
स्पेनिस ला लिगामा किलियन एम्बाप्पेले इन्जुरी समयको पेनाल्टी गोल गर्दै रियल म्याड्रिडलाई रायो भालेकानोविरुद्ध २–१ को जित दिलाए। यस जितसँगै म्याड्रिड बार्सिलोनाभन्दा एक अंक मात्र पछि पुगेको छ।
इटालीको सिरी ‘ए’ मा लाउटारो मार्टिनेजले फेरि गोल गर्दै इन्टर मिलानलाई क्रेमोनेसेविरुद्ध २–० को जित दिलाए। इन्टरले एसी मिलानमाथि ८ अंकको अग्रता बनाएको छ। युभेन्टसले पार्मालाई ४–१ ले हराउँदै चौथो स्थानमा उक्लिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया