कार्तिक १, २०८३ आइतबार October 18, 2026

हंसपुर नगपालिकाका मेयर यादवको निधन

मेयर यादवको निधनबाट पार्टीका एक इमान्दार नेता एवं समाजसेवीलाई गुमाउनु परेको भन्दै धनुषा काँग्रेसद्धारा दु:ख व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार यादवको मस्तिष्क घातका कारण सोमबार राति निधन भएको छ ।

गत बिहीबार राति एकाएक बेहोस भएपछि मेयर यादवलाई जनकपुरको न्युरो अस्पतालमा भर्ना गरिएको थियो । तर उपचार सम्भव नभएपछि थप उपचारका लागि उहाँलाई काठमाडौँ लगिएको थियो ।

काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा सोमबार राति उहाँको निधन भएको हो । करिब ५५ वर्षका यादव नेपाली कांग्रेसबाट नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो ।

धनुषा काँग्रेसले मेयर यादवको निधनबाट पार्टीका एक इमान्दार नेता एवं समाजसेवीलाई गुमाउनु परेको भन्दै दु:ख व्यक्त गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फ्रान्समा प्रदर्शन हिंसात्मक बन्दा ५ लाख ५० हजार सडकमा, १५० प्रहरी घाइते
२०८३ कार्तिक १, आइतबार
नवरात्रिमा शक्तिपीठमा भक्तजनको भीड, देवीको पूजाआराधनामा रमाए श्रद्धालु
२०८३ कार्तिक १, आइतबार
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
२०८३ कार्तिक १, आइतबार
पेड्रो नेटोको दुई गोलमा चेल्सी विजयी, एभर्टन २–० ले पराजित
२०८३ कार्तिक १, आइतबार
आजको मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित वर्षा, तराईमा कुहिरोको सम्भावना
२०८३ कार्तिक १, आइतबार
चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
२०८३ कार्तिक १, आइतबार
चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको आग्रह
२०८३ कार्तिक १, आइतबार