असोज १२, २०८३ सोमबार September 28, 2026

वायरलेस चार्जिङ र ८ जीबी र्‍याम सहित सामसङको फाइभजी फोन आउँदै (मूल्य कति)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः सामसङकाे अर्काे फ्ल्यागसिप माेडल ग्यालेक्सी एस ट्वान्टी फ्यान एडिसनका विषयमा स्मार्टफाेन पारखीहरूबीच चर्चा चलिरहेकाे बेला बजारमा आउने तयारीमा रहेको छ । कोभिड १९ को महामारीका बाबजुद सामसङले एकपछि अर्काे नयाँ प्रडक्ट ल्याइरहेकाे छ ।

यही सेप्टेम्बर २३ मा सामसङकाे अनप्याक्ड भर्चअल प्रिजेन्टेशन हुँदैछ ।  ‘प्रत्येक फ्यानका लागि ग्यालेक्सी अनप्याक्ड’ शीर्षकमा हुने यो इभेन्टमा सामसङले ग्यालेक्सी एस ट्वान्टी फ्यान एडिसनको आधिकारिक सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

एप्पलकाे आईफोन इलोभन र वान प्लस एटलाई कडा टक्कर दिन सामसङले याे फाेन ल्याएको विश्लेषण गरिएको छ। फाइभजी भेरियन्टमा आउने ग्यालेक्सी एस ट्वान्टी फ्यान एडिसनमा क्वालकमकाे फ्ल्यागसिप स्न्यापड्रागन ८६५ प्रोसेसर रहेको छ ।

८ जीबी र्‍याम र १२८ जीबी स्टाेरेज रहेकाे फाेनमा २५ वाटकाे फास्ट चार्जिङ सहित ४५ सय एमएएचकाे ब्याट्री रहेकाे छ । साथमा यसमा वायरलेस चार्जिङ सपाेर्ट र आईपी ६८ वाटर रेसिस्टान्स रहेकाे छ ।

क्यामेराकाे कुरा गर्दा फाेनकाे पछाडि तीनवटा क्यामेरा सेटअप छ । यसअन्तर्गत १२ मेगापिक्सेलकाे मुख्य सेन्सर, १२ मेगापिक्सेलकाे अल्ट्रा वाइड लेन्स र ८ मेगापिक्सेलकाे टेलिफाेटाे लेन्स रहेकाे छ ।

फाेनमा यसमा १२० हर्ज डिस्प्ले र तर यसको मूल्यका बारेमा जानकारी दिइएको छैन । याे फाेन रेड, डार्क ब्लु, पिंक र मिन्ट ग्रिन कलरका फाेन आउने जनाइएको छ ।

तुलनात्मक रूपमा थाेरै मूल्यमा उपलब्ध हुने याे फाेनमा १२० हर्ज रिफ्रेस रेटसहितकाे ६.५ इन्चकाे फुल एचडी प्लस सुपर एमाेलेड डिस्प्ले रहेकाे छ । फाेनकाे दाँयापट्टि फिङ्गरप्रिन्ट स्क्यानर हरकाे छ ।

मूल्य कति हाेला ?

फाेनकाे मूल्य त इभेन्टकै दाैरान मात्र सार्वजनिक हुनेछ । यसका लागि हामीले प्रतिक्षा गर्नैपर्छ । तर याे ग्यालेक्सी एस ट्वान्टीभन्दा सस्ताे चैं पक्का हुनेछ । यसकाे मूल्य ७८ हजार रूपैयाँभन्दा माथि हुने विश्लेषण गरिएकाे छ । टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा
२०८३ असोज १२, सोमबार
वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित
२०८३ असोज १२, सोमबार
सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै
२०८३ असोज १२, सोमबार
एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा
२०८३ असोज १२, सोमबार
शैक्षिक पूर्वाधारमा ठूलो लगानी, अब उपलब्धि देखाउने दबाब
२०८३ असोज १२, सोमबार
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
२०८३ असोज १२, सोमबार
जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
२०८३ असोज १२, सोमबार