असार २९, २०८२ आइतबार July 13, 2025

नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ जना स.क्रमितको मृत्यु भएसंगै मृतकको कुल संख्या ४२७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभरका बिभिन्न प्रयोगशालामा ९ हजार ५३३ जनामा पीसीआर परिक्षण गर्दा १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारि दिए ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या  १७ हजार ६११रहेको प्रवक्ता गौतमले जानकारि दिए ।

यस्तै थप १ हजार ५ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ४७ हजार २३८ पुगेको छ । यो संख्या कुल संक्रमितको ७२ प्रतिशत हो । आज देशभर ७४०३ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
छाउगोठ नभत्काए १० हजार जरिवाना
२०८२ असार २९, आइतबार
गृहमन्त्री लेखकद्वारा ट्राफिक सचेतना कक्षा शुभारम्भ
२०८२ असार २९, आइतबार
विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लगिने महासचिव पोखरेलको दाबी
२०८२ असार २९, आइतबार
सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी विद्युतीय प्रणाली मार्फत गर्न परिपत्र
२०८२ असार २९, आइतबार
छात्रालाई जिस्क्याएको आरोपमा शिक्षकमाथि कुटपिट, विद्यालयमा तोडफोड
२०८२ असार २९, आइतबार
रूपन्देही ३ उपनिर्वाचन : मतदाता नामावली अद्यावधिक तालिका सार्वजनिक
२०८२ असार २९, आइतबार
विपक्षीले वाइसिएल प्रयोग गरेर स्पेन भ्रमणमा मान्छे छाडेर आयो भन्ने दुस्प्रचार गरे : अध्यक्ष ओली
२०८२ असार २९, आइतबार