कार्तिक २८, २०८३ शनिबार November 14, 2026

मिथिला मध्यमा परिक्रमा आजदेखि सुरु

महाकुम्भ मिथिला मध्यमा परिक्रमा शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जनकपुरधाम । मिथिलाञ्चलसहित तराई मधेशका सबै भन्दा ठूलो तथा लामो मिथिला मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ ।

मिथिलाको महाकुम्भको रूपमा चिनिएको मिथिला मध्यमा परिक्रमा धनुषाको मिथिला बिहारी नगरपालिका ठेरा कचुरीस्थित मिथिला विहारीको मठबाट शुरु भएको हो । परिक्रमामा सहभागी भएका तीर्थयात्रीहरूले नेपाल र भारतको १३३ किलोमिटरको दूरी खाली खुट्टा भजन कीर्तनसहित तय गर्ने चलन रहेको छ ।

यसै गरि जनकपुरधामको अग्निकुण्डबाट किशोरीजीको डोला अर्थात् माता सीता र मिथिला बिहारीबाट भगवान् रामको डोलासँगै परिक्रमाका सहभागीहरूले १५ दिन लगाएर हिँड्ने गर्दछन् ।

परिक्रमाको क्रममा नेपालको ११ धार्मिक ऐतिहासिक ठाउँमा विश्राम गर्दै १०७ किलोमिटर दूरी तय गर्ने चलन छ भने भारतको २६ किलोमिटरका ४ धार्मिक स्थलमा विश्राम गर्दै हिँड्ने गरेका छन् ।

मिथिला मध्यमा परिक्रमा जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्ने पुग्ने गर्दछन् ।

परिक्रमाको शुरुआत मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गर्नुभएको थियो । मिथिला विहारी नगरपालिकाले आयोजना गरेको विशेष कार्यक्रममा मुख्यमन्त्रीले परिक्रमाको शुरुआत गराउनुभएको थियो । यस पटक चुनावका कारणले अपेक्षा अनुसार कम तीर्थयात्रीहरू सहभागी रहनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार