असोज २९, २०८३ बिहिबार October 15, 2026

सामाजिक सद्भाव कायम गर्न छ बुँदे सहमति

फागुन २१ गते हुने निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गराउने वातावरण सृजना गर्ने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चन्द्रपुर (रौतहट), ८ फागुन : यहाँको गौर नगरपालिकाको सवगढा गाउँमा सामाजिक सद्भाव कायम गर्न छ बुँदे सहमति गरिएको छ ।

बिहीबार राति सवगढा गाउँमा विवाहको समयमा बाजा बजाएको विषयमा दुई समुदायबीच भएको विवादले उग्र रुप लिँदा तनावग्रस्त भएको थियो । सोही विषयमा आज रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको अध्यक्षतामा बसेको बैठकले सामाजिक सद्भाव कायम गर्न छ बुँदे सहमति गरेको हो ।

गौर नगरपालिका–६ सवगढा बस्ने सत्यनारायण साहकी छोरीको विवाहको जन्ती बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सवगढा आउने क्रममा मस्जिद अगाडि बाजा बजाइएको विषयलाई लिएर मुस्लिम पक्ष र जन्ती पक्षबीच विवाद भएको थियो । विवादमा दुई पक्षबीच ढुङ्गा हानाहान हुँदा तनावग्रस्त भएको थियो । झडपमा प्रहरीसहित दर्जनौँ मानिस घाइते भएका थिए ।

घटनापछि जिल्ला प्रशासन कार्यालय गौरमा प्रजिअ भुसालको अध्यक्षतामा बैठक बसेको थियो । सो बैठकमा दुवै पक्षका प्रतिनिधि बोलाइ सामाजिक सद्भाव कायम गर्न वार्ता गरिएको थियो ।

सामाजिक सद्भाव कायम राख्न सबैलाई संयमता अपनाउन प्रमुख जिल्ला अधिकारी भुसालले आग्रह गर्नुभएको छ । हिन्दू पक्ष र मुस्लिम पक्षबीच सौहार्दपूर्ण वातावरणमा वार्ता सम्पन्न भएको प्रजिअ भुसालले जानकारी दिनुभयो । दुवै पक्षबीच छ बुँदे सहमति भएको र यही फागुन २१ गते हुने निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गराउने वातावरण सृजना गर्ने प्रतिबद्धता दोहो-याइएको उहाँले बताउनुभयो ।

गए राति भएको झड्पमा छ जना घाइते भएकालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ । सबैको अवस्था सामान्य रहेको जनाइएको छ । स्थितिलाई नियन्त्रणमा लिन १२ राउण्ड हवाइ फायर र ४० राउण्ड अश्रु ग्यास प्रहार गरिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
President Paudel Invited as Chief Guest for 54th Lions ISAME Area Forum in Nepal
२०८३ असोज २९, बिहिबार
लायन्सको ५४औँ ISAME फोरमको प्रमुख अतिथिका लागि राष्ट्रपति पौडेललाई निमन्त्रणा
२०८३ असोज २९, बिहिबार
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
२०८३ असोज २९, बिहिबार
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केसी सर्वाधिक मतसहित विजयी, अरु को-को भए निर्वाचित?
२०८३ असोज २९, बिहिबार
विदेशमा रहेका नेपालीले पठाए २ महिनामै ४ खर्ब ३६ अर्ब रुपैयाँ
२०८३ असोज २९, बिहिबार
रेडक्रसले बाढी प्रभावितका लागि २ हजार घर बनाउने
२०८३ असोज २९, बिहिबार
रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण
२०८३ असोज २९, बिहिबार