काठमाण्डौंः एनसेलले आफ्ना ग्राहकहरुका लागि सामाजिक सञ्जाल टिकटक र फेसबुकको लागि ननसटप अफरहरु ल्याएको छ ।
एनसेल आजियाटा लिमिटेड ले आफ्ना ग्राहकका लागि ननस्टप अफरहरुअन्तर्गत थप विकल्प प्रदान गर्दै टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनको आकर्षक योजना ल्याएको हो ।
‘प्लस’थिमअन्तर्गत फोरजी ग्राहकलाई ध्यानमा राखी ल्याइएका यी नयाँ प्याकहरु बुधबार (असोज ७) देखि संचालनमा आएका छन् ।
ग्राहकले आफ्नो आवश्यकताअनुसार एक दिनवा ३० दिनको समयसिमा रहेका यी प्याकहरु सजिलै सुचारु गरी सुलभ दरमा यी सामाजिक सञ्जालहरुको प्रयोगबाट मजा लिन सक्छन् । ग्राहकले मात्र रु. २५ (कर सहित रु. ३१.९२) मा एक दिनको टिकटक वा फेसबुक प्याक सुचारु गर्न सक्छन् ।
त्यस्तै ग्राहकले मात्र रु. ३६० (कर सहित ४५९.६८) मा ३० दिनको समयावधि रहेको टिकटक वा फेसबुक प्याक लिई आफुले लिएको प्याकको समयसिमा बाँकी रहेसम्म ननस्टप रुपमा यसको फाइदा लिन सक्छन् । यतिमात्र नभई, यो ३० दिनको प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ६ जीबी डाटा बोनस स्वरुप प्राप्त गर्दछन् ।
ननस्टप अफरहरुअन्तर्गत एनसेलले सात दिनको समयसिमा रहेको ननस्टप टिकटक, फेसबुक वा युट्युब प्याक मात्र रु. १०० (कर सहित रु. १२७.६९) मा र युट्युब र फेसबुकको कम्बो प्याक रु. १५० (कर सहित रु १९१.५४) मा प्रदान गर्दै आएको छ । यसै योजनामा ग्राहकले सात दिनको प्याकमा ४ जीबी र ३० दिनको प्याकमा ६ जीबी थप डाटा इन्टरनेटमा अन्य प्रयोजनका लागि प्रयोग गर्न बोनसको रुपमा पाउँदै आएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया