असोज २९, २०८३ बिहिबार October 15, 2026

सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

पौडेललाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भद्रपुर (झापा), १६ फागुनः यहाँको बिर्तामोड नगरपालिका–४ कञ्चनजङ्घा स्कुल नजिक भित्री सडकखण्डमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६ प ३९५९ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका–१३ चारआली निवासी २५ वर्षीय विशाल पौडेल गम्भीर घाइते भएका थिए । पौडेललाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

उहाँका अनुसार मोटरसाइकलको पछाडि सवार कनकाई नगरपालिका–६ निवासी २५ वर्षीय चन्द्रकिशोर चापागाईं सोही अस्पतालमा उपचाररत हुनुुहुन्छ । उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । कार चालक बिर्तामोड नगरपालिका–६ निवासी २५ वर्षीय चिराग सिन्हालाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
President Paudel Invited as Chief Guest for 54th Lions ISAME Area Forum in Nepal
२०८३ असोज २९, बिहिबार
लायन्सको ५४औँ ISAME फोरमको प्रमुख अतिथिका लागि राष्ट्रपति पौडेललाई निमन्त्रणा
२०८३ असोज २९, बिहिबार
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
२०८३ असोज २९, बिहिबार
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केसी सर्वाधिक मतसहित विजयी, अरु को-को भए निर्वाचित?
२०८३ असोज २९, बिहिबार
विदेशमा रहेका नेपालीले पठाए २ महिनामै ४ खर्ब ३६ अर्ब रुपैयाँ
२०८३ असोज २९, बिहिबार
रेडक्रसले बाढी प्रभावितका लागि २ हजार घर बनाउने
२०८३ असोज २९, बिहिबार
रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण
२०८३ असोज २९, बिहिबार