असोज २९, २०८३ बिहिबार October 15, 2026

दुर्गा प्रसाईं फेरी पक्राउ

प्रसाईंको पछिल्लो पक्राउसँगै पुनः राजनीतिक र कानुनी बहस सुरु हुने संकेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, फागुन १७ । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले भक्तपुरस्थित निवासबाटै प्रसाईंलाई नियन्त्रणमा लिएको हो। पारिवारिक स्रोतका अनुसार बिहान करिब ६ बजेदेखि नै प्रहरी टोली निवास वरिपरि तैनाथ थियो। उनलाई करिब आठ बजे पक्राउ पुर्जी थमाएर लगिएको बताइएको छ।

प्रहरीले दिएको पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्तिविरुद्धको मुद्दाको अनुसन्धानका लागि’ पक्राउ गरिएको उल्लेख छ। हाल उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरमै राखिएको जनाइएको छ।

यसअघि पनि प्रसाईं ४ फागुनमा काठमाडौंमा पक्राउ पर्नु भएकाे थियाे। त्यसविरुद्ध उहाँकी पत्नी उमा प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले १३ फागुनमा थुनामुक्त गर्न आदेश दिएको थियो।

प्रसाईंको पछिल्लो पक्राउसँगै पुनः राजनीतिक र कानुनी बहस सुरु हुने संकेत देखिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया