कार्तिक २८, २०८३ शनिबार November 14, 2026

१५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

आज तराई भेगमा होली मनाईने भएपनि, मिथिलाञ्चलमा भने पूर्णीमा अघिल्लो दिन मात्र होली खेलीने परम्परा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । १५ दिने मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन आज परिक्रमामा सहभागी तथा जनकपुरवासीले अन्तःगृह परिक्रमा गरेका छन् । यो संगै मिथिलाको महाकुम्भ मानिने मिथिला माध्यमिकी परिक्रमा आज समाप्त भएको छ ।

हिजो जनकपुरधाम आईपुगेको परिक्रमा, राती १२ बजेदेखिनै अन्तगृह परिक्रमामा सहभागी भएका छन् । अन्तःगृह परिक्रमामा जनकपुरधाम वरिपरिको ५ कोसको पैदल यात्रा गर्नुपर्ने हुन्छ । मिथिला माध्यमिकी परिक्रमामा सहभागी हुन नसकेकाहरुले यस अन्तःगृह परिक्रमा गर्दा १५ दिन परिक्रमा गरेकै सरह हुने जनविश्वास रहेको छ ।

अन्तगृह परिक्रमामा लाखौं स्थानीयवासीसहित नेपाल भारतबाट मिथिलामाध्यमिकी परिक्रमामा सहभागी हुन आएका परिक्रमा यात्रुहरुको सहभागीता हुन्छ ।
धनुषाको मिथिला बिहारी नगरपालिकास्थित ठेरा कचुरीको मिथिला बिहारी मन्दिरबाट फागुन ८ गतेदेखि भगवानको डोला निस्केपछि १५ दिने मध्यमा परिक्रमा आरम्भ भएको थियो ।

नेपाल– भारत दुवै देशको धार्मिक, सामाजिक तथा सांस्कृतिकको प्रतीक रहेको परिक्रमा पद यात्राको क्रममा नेपालमा १३ र भारतमा २ गरी १५ वटा विश्रामस्थल छन् । परिक्रमामा सहभागी यात्रीहरूले नेपालका १०७ र भारतका २६ गरी १३३ किलोमिटर पैदल यात्रा गर्ने गर्छन् । आज तराई भेगमा होली मनाईने भएपनि, मिथिलाञ्चलमा भने पूर्णीमा अघिल्लो दिन मात्र होली खेलीने परम्परा रहेको छ । यस अनुसार जनकपुरधाममा भने भोली मात्र होली खेलिने छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार