कार्तिक २८, २०८३ शनिबार November 14, 2026

पाथीभरा माताको दर्शन गर्दै थाहा पाउनुहोस् आजको राशिफल

कर्कटलाई आज समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्न सक्ने जोखिम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष – उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने दिन छ । काम पूरा नहुनाले मन खिन्न रहन सक्छ । अरूका काममा समय बित्ने देखिन्छ । स्वास्थ्यगत समस्याले पनि केही सताउला, खानपानमा विशेष सजगता अपनाउनुहोला । पशुपालन तथा कृषि क्षेत्रबाट भने आंशिक लाभ मिल्ने योग छ । अनावश्यक भ्रमणबाट जोगिनु हितकर होला । गीतसंगीत र खेलकुदका क्रियाकलापमा आकर्षण रहला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

वृष – ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय रहेकोले विशेष योजना थाती राखेर नियमित कर्ममा ध्यान लागाउनु उचित होला । चोरी वा ठगीमा परिने सम्भावना छ, सजगताको दरकार छ । आर्थिक कारोबार गर्दा निकै नै सचेत रहनुहोला । अनावश्यक दौडधुपमा समय बित्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला । साझेदारीमा जोखिम बढ्नेछ । स्वास्थ्य केही कमजोर रहनेछ ।

मिथुन – भविष्यका लागि विशेष काममा जग बसाउने समय छ । व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । स्वास्थ्य सबल रहनेछ भने नियमित काममा पनि फाइदाको योग छ । विभिन्न सहयोग र उपहार प्राप्त हुने सम्भावना छ । भौतिक साधन जुट्नुका साथै आयआर्जनको स्रोत वृद्धि होला । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ ।

कर्कट – आजको दिन सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्न सक्छ । मेहनतअनुसार फाइदा कमै होला । विद्यामा कमजोरी र लेनदेनमा विवादको योग छ । आर्थिक व्यवहारमा सजग रहनु उचित हुनेछ । विगतका समस्या बल्झिन सक्नेतर्फ सचेत रहनुहोला । धर्मकर्ममा आकर्षण बढ्नेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ ।

सिंह – दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउने योग छ । प्रतिस्पर्धामा विजयी भइनेछ भने रमाइलो यात्राको सम्भावना छ । प्रेमभावका साथै दामपत्यसुख बढ्नेछ । रसरागका क्रियाकलापमा आकर्षण रहनेछ । रचनात्मक तथा कलात्मक काममा विशेष सफलता मिल्नेछ ।

कन्या – दिन शुभदायी छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । दाम, इनाम र प्रतिष्ठा आर्जन गरी आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिएला । सामाजिक दायित्व बढ्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने योग छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । साथीभाइको विशेष सहयोग प्राप्त हुने देखिन्छ । कार्यगति बढ्नेछ ।

तुला – अनुकूलता वृद्धि हुने र रोकिएको काममा सफलता मिल्ने समय छ । विशेष योजनामा मित्रजनको सहयोग प्राप्त हुनेछ । मेहनतले आम्दानी बढाउन सक्छ । आयआर्जनका स्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । साझेदारीमा पनि राम्रै फाइदा होला । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृश्चिक – प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने देखिन्छ । व्यापारमा पनि राम्रै फाइदा हुने योग छ । प्रयत्न गर्दा कीर्तिमानी काम गर्न सकिएला । आजको दिन सवारीसाधन उपयोग गर्दा अलिक सावधानी अपनाउनु हितकर हुनेछ । आरोग्यबल वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । बौद्धिकता र रचनात्मकता बढ्नुका साथै शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु – कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूका विषायमा चासो लिँदा झमेला आइपर्ला । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । तपाईंको इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्छन् । भ्रमणमा आकर्षण बढ्नेछ भने यात्रागत कार्य सार्थक रहनेछ ।

मकर – दिन उत्साहवर्द्धक रहला । व्यवहारले नयाँ ज्ञान दिलाउन सक्छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्ने देखिन्छ । श्रमको उचित मूल्यांकन हुनुका साथै पढाइलेखाइमा मन जाला । खर्च केही बढेपनि रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । आरोग्यता रहनेछ । प्रेमभाव वृद्धि हुनेछ ।

कुम्भ – ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ भने अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । परिवारजनबाट टाढिनुपर्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइन देखिन्छ । प्रतिकुलताका बाबजुद सामथ्र्य बढ्नेछ ।

मीन – ब्यक्तिगत रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् भने मित्रजन, सन्तान वा अनुयायी अनि मातृशक्तिको सल्लाह-सहयोगले विशेष फाइदा हुनेछ । महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछ । व्यवसायमा लाग्नेहरूलाई लाभको बेला छ । लगानी वा खर्च भने केही बढ्ने योग छ । साझेदारीको काम बन्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार