असार २१, २०८२ शनिबार July 5, 2025

वाएडबडी र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे अख्तियारलाई लेखा समितिको ताकेता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः संघिय स‌ंसदको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विचाराधीन रहेको वाइड बडी खरिदको छानबिन प्रक्रियामा पुनः चासो राखेको छ ।

खरिद प्रक्रियाको अनुसन्धानको लामो समय बिते पनि कुनै परिणाम नदेखिएको भन्दै समितिले अख्तियारसँग प्रगति विवरण माग गर्ने निर्णय गरेको हो ।

समितिले प्रारम्भिक छानबिनमा खरिद प्रक्रिया पारदर्शी नभएको र अनियमितता देखिएको भन्दै थप अनुसन्धान गर्न अख्तियारलाई सिफारिस गरेको थियो । उपसमिति गठन गरी प्राप्त सुझाव र प्रतिवेदनका आधारमा समितिले अख्तियारलाई छानबिन गर्न पठाएको थियो । तर, लामो समयसम्म कुनै नतिजा नआएको भन्दै समितिले प्रगति माग गरेको हो ।

यस्तै, समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाको छानबिनबारे पनि जवाफ माग गर्ने निर्णय गरेका छ । प्रेस खरिद प्रक्रियामा कमिसन बार्गेनिङ गरेको अडियो बाहिरिएपछि समितिले उक्त प्रकरणमा छानबिन गरको थियो। प्रारम्भिक छानबिनमा अनियमितता देखिएको भन्दै समितिले थप छानबिन प्रक्रिया अघि बढाउन अख्तियारलाई पत्राचार गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया