मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय राम्रो रहेकोले पढाइ लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । प्रेममा नजिक भई रमाउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले भौतिक सम्पत्ति तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्तसँग मनमुटाब सिर्जना नहोला भन्न सकिन्न ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा गरेको लगानीबाट आम्दानी हुनेछ । व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुँदा भौतिक सम्पत्ति तथा बिलासी वस्तुहरू जोड्न सकिनेछ । लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्नको लागी प्रक्रिया अगाडी बढ्नेछ भने पति पत्नी बिच आत्मीयता बढेर जानेछ । अध्ययन अध्यापनमा समय खर्चिनेहरूले सोचेजस्तो नतिजा हात पार्न सक्नेछन् । यात्रा, बैठक तथा भेटघाटमा समय व्यतीत हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समयले साथ दिने हुनाले व्यापारमा सानो लगानीबाट पनि नाफा कमाउन सकिनेछ । शेयर बजारमा आज गरिने लगानी भविष्यको लागी आम्दानीको गतिलो स्रोत बन्नेछ । जागिर वा अध्ययनमा हुने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । फिल्मी क्षेत्र वा मनोरञ्जनात्मक क्षेत्रमा चासो बढ्नेछ । न्यायिक निर्णय तपाईँकै पक्षमा फैसला हुनेछ । पारिवारिक सम्बन्ध सुदृढ तथा सहयोगात्मक रहनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा प्रगति गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या देखिन सक्छ । कार्यक्षेत्रमा समर्थन गर्नेभन्दा आलोचना गर्नेहरू सक्रिय हुनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ भने अध्ययनकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । व्यापार र वित्तीय क्षेत्रमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय राम्रो रहेकोले आफन्त, दाजुभाइ तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । उत्पादनमुखी व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चनेहरूका लागी समय मध्यम रहेको छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययनमा उत्कृष्ट नतिजा हात पार्न थोरै समय लगानी नै काफी हुनेछ । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । विवादित विषयको निर्णय तपाईँकै पक्षमा हुनेछन् । दाजुभाइ तथा छिमेकीसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । भौतिक सम्पत्ति तथा नगद जुट्नाले लगानी गर्ने सहज वातावरण बन्नेछ । शेयर बजारमा आज गरिने लगानीबाट लाभ लिन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । राजनीतिमा पद प्राप्तिको योग रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार तथा शेयर बजारमा गरेको लगानी फस्टाएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईँको निर्णयको उच्च सम्मान गरिनेछ भने विशिष्ट व्यक्ति मार्फत सम्मान पाउने योग रहेको छ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइ सँगको रमाइलो बसाइँमा स्वादिष्ट भोजनका साथ समय व्यतीत गर्न सकिनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय मध्यम रहेकोले अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यतीत गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ । मध्यान्हबाट समयमा सुधार हुने हुनाले विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । सुन्दर तथा बिलासी बस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । उत्तम वस्त्र,मन पर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिहानको समय राम्रो रहेकोले नोकरी तथा कार्यक्षेत्रमा तपाईँको प्रस्तुति गहन हुनेछ । व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्थामा सुदृढ हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरू प्रभावित हुनेछन् । सवारी साधनको प्रयोग गर्दा वा बाटो हिँड्दा ध्यान नदिए दुर्घटना नहोला भन्न सकिन्न । तर पनि काम वा अध्ययनको सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भौतिक सम्पत्तिहरू जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेको छ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । राजनीतिमा पद प्राप्तिको योग रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीतिमा पद प्राप्तको गतिलो योग रहेको छ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तर वा बढुवा हुनेछ । बुवा तथा अग्रजहरूको आशीर्वाद लिँदै राम्रा काम गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्ति प्राप्त हुनेछ । व्यापार व्यवसाय, औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) धर्म तथा अध्यात्म क्षेत्रसँग सम्बन्धित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । कार्यक्षेत्रमा सहकर्मीको साथ रहने हुनाले उपलब्धि हासिल गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रेम सम्बन्ध सुमधुर रहने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतीत हुने तथा रमाइलो टाउको भ्रमण हुनेछ । बिहानको समयमा यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया