श्रावण २६, २०८३ मंगलबार August 11, 2026

राना थारू समुदायले मनाए परम्परागत ‘खखडेहरा पर्व’

गाउँका अगुवा, भलमन्सा, चाकर तथा अन्य जिम्मेवार व्यक्तिहरूले घरघरमा पुगेर पूजा सामग्री सङ्कलन गर्ने गर्छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अत्तरिया (कैलाली), फागुन २६ गते । सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने राना थारू समुदायले आज परम्परागत ‘खखडेहरा पर्व’ मनाएका छन् ।

राना थारू समुदायमा होली समापन संगै‘खखडेहरा पर्व’ मनाउने चलन रहेको छ । राना थारू समुदायले माघ शुक्ल पूर्णिमाका दिनदेखि एक महिना आठ दिन सम्म होली पर्व मनाउने गरेको शुदूरपश्चिम प्रदेश निती तथा योजना आयोगकी उपाध्यक्ष डा. जिवन रानाले बताउनुभयो ।

रानाले भन्नुभयो, “खखडेहरा पर्वका दिन बिहानैदेखि गाउँमा विशेष तयारी सुरु हुन्छ । गाउँका अगुवा, भलमन्सा, चाकर तथा अन्य जिम्मेवार व्यक्तिहरूले घरघरमा पुगेर पूजा सामग्री सङ्कलन गर्ने गर्छन् ।

पूजाकै क्रममा पूजा सामग्रीका रूपमा सात प्रकारका अन्न, माटोका भाँडाकुँडा, खप्टाका टुक्रा, गाग्रो, लोटा, सुकेको गोबरबाट बनाइने कन्डी, दियो, घोडाको माटोको मूर्ति तथा शुद्ध पानी सङ्कलन गर्ने सङ्कलित सामग्रीलाई गाउँको चौबाटो वा निश्चित स्थानमा लगेर परम्परागत विधिअनुसार पूजा गर्ने परम्परा रहेको छ ।”

पूजा सम्पन्न भएपछि माटोका भाँडाकुँडा, खप्टा, घोडाको मूर्ति, दियो, हडियालगायत सामग्री गाउँका निश्चित व्यक्तिमात्रले फुटाउने चलन परम्परा रहेको उहाँको भनाइ छ । खखडेहरा को पन्ध्रदिन भित्र होलीलाई मथुरामा पठाउने प्रचलन राना थारु समुदायमा रहेको छ । करिब एक महिनासम्म रातको समयमा मात्र होली खेल्ने चलन छ । यस अवधिलाई राना थारू समुदायमा ‘जिउँदो होली’ भनेर चिनिन्छ । जिउँदो होलीका दिनहरूमा गाउँका महिला तथा पुरुष रातभरि भेला भएर पारम्परिक होली गीत गाउने, नाचगान गर्ने र धार्मिक कथाहरूलाई गीतका माध्यमबाट प्रस्तुत गर्ने चलन रहेको धनगढीका रामलाल रानाले बताउनुभयो । होली पुर्णीमाको दिनदेखि आठ दिनसम्म ‘मरी होरी’ अर्थात् ‘मरेको होली’ खेल्ने चलन छ ।

मरेको होलीको आठौँ दिनमा खखडेहरा पर्व मनाइन्छ, जसलाई होलीको औपचारिक समापनका रूपमा लिने गरेको धनगढीका रामलाल रानाको भनाई छ । खखडेहरा पर्वको अवसरमा सुदुरपश्चिम प्रदेश सरकारले मंगलबार आज सार्वजनिक विदा समेत दिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ
२०८३ श्रावण २६, मंगलबार
विद्यालयमै प्रधानाध्यापकले छात्रामाथि बलात्कार गरेको आरोप
२०८३ श्रावण २६, मंगलबार
गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन
२०८३ श्रावण २६, मंगलबार
एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय
२०८३ श्रावण २६, मंगलबार
एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
२०८३ श्रावण २६, मंगलबार
सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट
२०८३ श्रावण २६, मंगलबार
इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प
२०८३ श्रावण २६, मंगलबार