असोज २९, २०८३ बिहिबार October 15, 2026

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

सबै वडामा खोप लगाउने घोषणा गरेता पनि हाल खोप अभाव भएकाले केही समय लाग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चन्द्रपुर (रौतहट), २९ फागुनः चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन् । यो रोगले चन्द्रपुर नगरपालिका–५ राजपेडा गाउँका हरि गुरोका १४ वटा बङ्गुर मरेका पशु चिकित्सक डा सुलभ चौधरीले बताउनुभएको छ ।

एक साताको अन्तरालमा १४ वटा बङ्गुर मरेका किसान गुरोले दुखेसो गर्नुभयो । बङ्गुरको उपचारका लागि पशु चिकित्सकहरुलाई खबर गरेको र उपचार गर्दागर्दै पनि बङ्गुर मरेको उहाँले बताउनुभयो ।

डा चौधरीका अनुसार चन्द्रनिगाहपुर–४ मा शान्ति मगरको एउटा बङ्गुर पनि सोही रोगले मरेको छ । रोग विशेष गरी रोगी बङ्गुर वा त्यसका पाठापाठी वा मासु वा रोगी पशुको सम्पर्कमा आएका पशुबाट फैलने उहाँले बताउनुभयो ।

रोग नियन्त्रणका लागी चन्द्रपुर नगरपालिकाले सबै वडामा खोप लगाउने घोषणा गरेता पनि हाल खोप अभाव भएकाले केही समय लाग्ने चिकित्सक चौधरीले बताउनुभयो । चन्द्रपुरका किसानले छ हजारको हाराहारीमा बङ्गुर पालेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
President Paudel Invited as Chief Guest for 54th Lions ISAME Area Forum in Nepal
२०८३ असोज २९, बिहिबार
लायन्सको ५४औँ ISAME फोरमको प्रमुख अतिथिका लागि राष्ट्रपति पौडेललाई निमन्त्रणा
२०८३ असोज २९, बिहिबार
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
२०८३ असोज २९, बिहिबार
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केसी सर्वाधिक मतसहित विजयी, अरु को-को भए निर्वाचित?
२०८३ असोज २९, बिहिबार
विदेशमा रहेका नेपालीले पठाए २ महिनामै ४ खर्ब ३६ अर्ब रुपैयाँ
२०८३ असोज २९, बिहिबार
रेडक्रसले बाढी प्रभावितका लागि २ हजार घर बनाउने
२०८३ असोज २९, बिहिबार
रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण
२०८३ असोज २९, बिहिबार