काठमाण्डाैंः सुदूरपश्चिम प्रदेशमा आइतबार थप ७३ जनामा कारोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशीक अस्पताल, डोटी अस्पताल र बझाङ अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय बझाङका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीका अनुसार आइतबार बझाङ जिल्ला अस्पतालमा ५९ जनाको स्वाब परीक्षण गरिएकोमा एकजना प्रहरीसहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार आइतबार संक्रमण पुष्टि हुनेमा जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत एकजना प्रहरी छन्। यसैगरी खप्तड छान्ना गाउँपालिकाका दुई महिला, तल्कोट गाउँपालिकाका एक पुरुष, मष्टा गाउँपालिकाका १५ पुरुष र पाँच महिलामा समेत आइतबार कोरोना संक्रमण पुष्टि भएको सम्पर्क व्यक्ति जोशीले बताए ।
जिल्ला अस्पताल डोटीमा गरिएको ६५ जनाको स्वाब परीक्षणमा बोगटान फुडसिल गाउँपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका ल्याव इन्चार्ज सौरभ श्रेष्ठले बताए ।
यसैगरी पछिल्लो २४ घण्टाको अवधिमा धनगढीस्थित सेती प्रादेशीक अस्पताको प्रयोगशालामा गरिएको ४ सय ४ जनाको स्वाब परीक्षणमा कैलालीका ४७ र कञ्चनपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार आइतबार संक्रमण पुष्टि हुनेमा गोदावरी नगरपालिकाका १३ पुरुष, टिकापुर नगरपालिकाका १४ पुरुष र ७ महिला गरी २१ जना र कञ्चनपुरको भिमदत्त नगरपालिका–१० का एक महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रादेशीक अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरि धनगढी १, ५ र ८ नम्बर वडाका १र१ जना, धनगढी–२ का ४ जना, वडा नम्बर ३ का तीन र ठेगाना नखुलेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया