बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

रातो मच्छिन्द्रनाथसँग सम्बन्धित सामग्री सङ्कलन गरिँदै

अभियानमार्फत ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्वका सामग्री सुरक्षित रूपमा संरक्षण गर्ने लक्ष्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ललितपुर, २० चैतः ललितपुर महानगरपालिकाले जावलाखेलस्थित रातो मच्छिन्द्रनाथ सङ्ग्रहालयका लागि ऐतिहासिक सामग्री सङ्कलन कार्य सुरु गरेको छ । स्थानीय जनजीवन र संस्कृतिसँग गहिरो सम्बन्ध राख्दै आएको रातो मच्छिन्द्रनाथसँग सम्बन्धित वस्तु, तस्बिर तथा अभिलेख सङ्ग्रहालयमा राख्ने तयारी छ ।

ललितपुर महानगरपालिका–४ का अध्यक्ष सन्तोष खड्काका अनुसार सङ्ग्रहालयमा राख्न गुठी संस्थान तथा रातो मच्छिन्द्रनाथसँग सम्बन्धित विभिन्न सङ्घसंस्थालाई पत्राचार गरिएको छ । “केही तस्बिर सङ्कलन भइसकेका छन् भने अन्य सामग्री सङ्कलनको प्रक्रियामा छन्”, उहाँले भन्नुभयो । यस अभियानमार्फत ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्वका सामग्री सुरक्षित रूपमा संरक्षण गर्ने लक्ष्य छ ।

वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको प्रमुख सांस्कृतिक पर्वमध्ये एक हो । प्रत्येक वर्ष आयोजना हुने यो जात्रा उपत्यकाकै सबैभन्दा लामो र ऐतिहासिक रथयात्रा मानिन्छ । यही विशिष्ट परम्परा र यसको ऐतिहासिक पृष्ठभूमिलाई व्यवस्थित रूपमा संरक्षण तथा प्रदर्शन गर्न सङ्ग्रहालय निर्माण गरिएको हो ।

महानगरपालिकाले स्थानीयवासी, गुठी, तथा विभिन्न सङ्घसंस्थालाई रातो मच्छिन्द्रनाथसँग सम्बन्धित पुराना सामग्री, तस्बिर, दस्तावेज तथा सांस्कृतिक झल्को दिने अन्य वस्तु उपलब्ध गराउन आह्वान गरेको छ । यसले भावी पुस्तालाई आफ्नो सांस्कृतिक सम्पदाबारे जानकारी गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

महानगरका अनुसार अबको दुई महिनाभित्र सङ्ग्रहालय निर्माण कार्य सम्पन्न हुनेछ । प्रारम्भिक चरणमा सङ्ग्रहालय अवलोकनका लागि छुट्टै शुल्क लिइने छैन । जावलाखेलस्थित सदर चिडियाखानाको टिकट लिएका आगन्तुकहरूले सोही टिकटमार्फत सङ्ग्रहालय अवलोकन गर्न सक्ने व्यवस्था मिलाइनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ : अध्यक्ष नारायण दाहाल
२०८३ बैसाख १८, शुक्रबार
सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी
२०८३ बैसाख १८, शुक्रबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख १८, शुक्रबार
वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व
२०८३ बैसाख १८, शुक्रबार
आज शुक्रबार, कस्तो छ तपाँइको राशिफल ? हेर्नुहोस्
२०८३ बैसाख १८, शुक्रबार