जेठ २२, २०८३ शुक्रबार June 5, 2026

‘रिङ रेस्लिङ न्यू इयर ब्लास्ट प्रतियोगिता’ आगामी वैशाख १ मा

‘हेभी वेट’ (पुरुष) विधा अन्तरगत विजेताले गोल्डेन बेल्टसहित नगद रु ७५ हजार प्राप्त गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

त्रिशूली (नुवाकोट), २८ चैतः नयाँ वर्ष–२०८३ को अवसरमा आगामी वैशाख १ गते नुवाकोटको दुप्चेश्वर महादेव मन्दिर परिसरमा ‘रिङ रेस्लिङ न्यू इयर ब्लास्ट प्रतियोगिता’ सञ्चालन गर्न लागिएको छ ।

नेपाल रिङ रेस्लिङ सङ्घसङ्घको सहकार्यमा नेपाल रिङ रेस्लिङ सङ्घ, नुवाकोटको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नुवाकोट देशभरका चर्चित पन्ध्रजना भन्दाबढी रेस्लरले सहभागिता रहने शुक्रबार विदुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

नुवाकोटको दुप्चेश्वर मन्दिर यहाँको धार्मिक, साँस्कृतिक एवम् पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्दै मोफसलमा रिङ रेस्लिङ प्रतियोगिता विस्तारमा जोड दिन नुवाकोटमा प्रतियोगिता सञ्चालन गर्न लागिएको नेपाल रिङ रेस्लिङ सङ्घका महासचिव कमल तामाङ (नुवाकोटे टाइगर)ले जानकारी दिनुभयो ।

उहाँको अनुसार नुवाकोटमा यसअघि पहिलो र दोश्रो आर डब्ल समरस्ल्याम प्रतियोगिता, रेस्लिङ महाभीडन्तलगायतका प्रतियोगिता सम्पन्न भइसकेकाले ‘न्यू इयर ब्लास्ट’ प्रतियोगिता थप रोमाञ्चकसहित आकर्षक हुने दाबी गरिएको छ ।

रिङ रेस्लिङ प्रतियोगिताको सफल प्रतियोगिता सम्पन्न भइसकेकाले नेपाल रिङ रेस्लिङ नुवाकोटले यो पटक विभिन्न विधामा गराउने प्रतिस्पर्धाले नेपालमा रेस्लिङ खेलको महत्व बढाउदै खेल प्रतिको आकर्षणमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतियोगितामा नेपालका उत्कृष्ट रेस्लर नुवाकोटे टाइगर, साइन, डेबिट, चट्टान, किङ्ग–रोबर्ट, उर्गेन, ठागू, तनु, आकृती सुजल, एक्स–हिरो, सिजे–वल्डलगायतका नेपालका एक दर्जन भन्दाबढी रेस्लरको महाभीडन्त समावेश गरिएको आयोजक नेपाल रिङ रेस्लिङ सङ्घ, नुवाकोट अध्यक्ष प्रलाद थापाले जानकारी दिनुभयो ।

प्रतियोगितामार्फत दुप्चेश्वर महादेव मन्दिरसहित सम्भावना भएर पनि प्रचारप्रसारको कारण ओझेलमा परेका नुवाकोटका धार्मिक, साँस्कृतिक एवं पर्यटकीयस्थलको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउदै आर्थिक उपार्जनसङ्घ जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

‘हेभी वेट’ (पुरुष) विधा अन्तरगत विजेताले गोल्डेन बेल्टसहित नगद रु ७५ हजार प्राप्त गर्नेछन् भने महिला च्याम्पियनसिप विधाका विजेताले बेल्टसहित नगद रु ५० हजार प्राप्त गर्नेछन् । यस्तै, पुरुष ट्याक्टिम हार्डकोर विधामा विजेताले मेडलसहित रु ६० हजार र त्रिपल थ्रेट विधामा विजेताले मेडलसहित रु २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

नेपाल रिङ रेस्लिङ सङ्घ, नुवाकोटले यसअघि शिवपुरी–७ सुर्यचौरमा ‘प्रथम आरडब्लु समरस्ल्याम रिङ रेस्लिङ प्रतियोगिता’ र दुप्चेश्वर मन्दिर परिसरमा ‘दोस्रो आरडब्लु समरस्ल्याम रिङ रेस्लिङ प्रतियोगिता’ गरेको थियो । यस्तै, शिबपुरी–६स्थित गुर्जेमा रिङ रेस्लिङ प्रतियोगिता सम्पन्न गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
२०८३ जेठ २२, शुक्रबार
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
२०८३ जेठ २२, शुक्रबार
आठ विश्वविद्यालयका लागि उपकुलपतिको ‘सर्टलिस्ट’ सार्वजनिक
२०८३ जेठ २२, शुक्रबार
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
२०८३ जेठ २२, शुक्रबार
भारतसँग नेपालको समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ उठाएको छुः सभापति लामिछाने
२०८३ जेठ २२, शुक्रबार
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा
२०८३ जेठ २२, शुक्रबार
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ – मुख्यमन्त्री यादव
२०८३ जेठ २२, शुक्रबार