असार ११, २०८३ बिहिबार June 25, 2026

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, जीविकोपार्जन सुधारमा जोड

मगर समुदायका २० जनालाई बेमौसमी तरकारीखेती तथा वित्तीय साक्षरता तालिम प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

डुम्रे (तनहुँ), २९ चैतः तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम बनाउन तालिमसँगै कृषि सामग्री पनि वितरण गरिएको छ ।

विद्युत् आयोजनाले ऋषिङ–८ पल्ट्याङका मस्टो लाफा भेजा (महिला समूह)का सदस्यलाई लक्षित गरी मगर समुदायका २० जनालाई बेमौसमी तरकारीखेती तथा वित्तीय साक्षरता तालिम प्रदान दिएको हो ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रशिक्षाण्मा सहभागी किसानलाई हाते ट्याक्टर, बीउबिजन, हजारी तथा ‘टनेल’ खेतीका लागि आवश्यक उपकरण प्रदान गरिएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई यसअघि पनि ‘प्लम्बिङ, इलेक्ट्रिसियन, सिलाइ–बुनाइ, बाख्रापालन, तरकारीखेती तथा वित्तीय साक्षर तालिम दिइएको थियो । हालसम्म यस्तो तालिम ३३९ पुरुष र २७९ जना महिलाले लिइसकेका छन् । प्रशिक्षणको मुख्य उद्देश्य जीविकोपार्जन सुधारमा जोड दिनु हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भूकम्पपछि भेनेजुएलामा भागाभाग, ठूलो मात्रामा जनधनको क्षति अनुमान
२०८३ असार ११, बिहिबार
समिट-ग्रिनविच विवाद उत्कर्षमा: निर्माणपूर्व नै कार्यविधि संशोधन किन?
२०८३ असार ११, बिहिबार
सिंहदरबारमा समानान्तर केन्द्रको अभ्यास : १७ मन्त्रीलाई डेढ सयभन्दा बढी सहयोगी
२०८३ असार ११, बिहिबार
सरकारले ल्याएका चारवटा अध्यादेश निष्क्रिय हुने सम्भावना
२०८३ असार ११, बिहिबार
आज बिहिबार, कस्तो रहला तपाँइको दिन ? हेर्नुहोस् राशिफल
२०८३ असार ११, बिहिबार
इरानी विदेश मन्त्री अराची र हमास अधिकारीबीच भेटवार्ता
२०८३ असार १०, बुधबार
बागमती प्रदेश खेलकुद सम्पन्न : काठमाडौं पहिलो, ललितपुर दोस्रो
२०८३ असार १०, बुधबार