मंग्सिर २, २०८३ बुधबार November 18, 2026

इरानी विदेश मन्त्री अराची र हमास अधिकारीबीच भेटवार्ता

इजरायलसँगको दुई वर्ष भन्दा लामो युद्धबाट ध्वस्त भएको गाजा पट्टीमा हिंसा अन्त्य गर्न आवाश्यक सहयोग गर्ने आशा व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तेहरान, १०असार (रासस/ एएफपी) :इरानका विदेश मन्त्री अब्बास अराघचीले प्यालेस्टिनी लडाकू समूह हमासका एक वरिष्ठ अधिकारीसँग इरान र संयुक्त राज्य अमेरिका बीचको वार्ताको बारेमा भेटवार्ता गरेको इरानको सरकारी टेलिभिजनले बुधबार जनाएको छ ।

अब्बास अराघचीले हमासको राजनीतिक ब्युरोका सदस्य बासेम नइमसँग यस क्षेत्रको पछिल्लो घटनाक्रम बारेमा छलफल गरेको इरानी टेलिभिजनले जनाएको हो ।

मध्यपूर्वमा व्याप्त शत्रुता अन्त्य गर्ने उद्देश्यले इरान र संयुक्त राज्य अमेरिका बीच गत हप्ता समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

समझदारी पत्रमा गाजाको बारेमा स्पष्ट व्यवस्था नगरिएको भएता पनि लेबनान लगायतका क्षेत्रहरुमा जारी सैन्य कारबाहीको तत्काल र स्थायी समाप्ति निर्धारित गरिएको छ ।

हमासले उक्त सम्झौताको स्वागत गर्दैे इजरायलसँगको दुई वर्ष भन्दा लामो युद्धबाट ध्वस्त भएको गाजा पट्टीमा हिंसा अन्त्य गर्न आवाश्यक सहयोग गर्ने आशा व्यक्त गरेको छ ।

इरान प्यालेस्टिनी जनताको कट्टर समर्थक हो, जसले यसलाई सन् १९७९ को इस्लामिक क्रान्तिपछि आफ्नो विदेश नीतिको आधारशिला बनाएको छ ।

इरानी टेलिभिजनको रिपोर्ट अनुसार, छलफलको क्रममा, अराघचीले “प्यालेस्टिनीहरूका लागि इस्लामिक गणतन्त्रको निरन्तर समर्थन र उनीहरूको स्वतन्त्र राष्ट्रिय अधिकारहरू पूर्ण रूपमा साकार नभए सम्म उनीहरूको न्याय नहुने बताउनुभएको छ ।

तेहरान र वासिङ्टन बीच भएकोे वार्तामा मध्यस्थकर्ताको रूपमा भुमिका निर्वाह गर्दै आएको छिमेकी राष्ट्र पाकिस्तानको भ्रमणमा मङ्गलबार इरानी विदेश मन्त्री अराघची र राष्ट्रपति मसूद पेजेस्कियनसँगै गएको जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न मुख्यमन्त्री भट्टको आग्रह
२०८३ मंग्सिर २, बुधबार
राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित हुनुहुँदैन : ज्ञानेन्द्र शाही
२०८३ मंग्सिर २, बुधबार
टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छ : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ मंग्सिर २, बुधबार
उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत
२०८३ मंग्सिर २, बुधबार
काठमाडौँ-मधेस द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन
२०८३ मंग्सिर २, बुधबार
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार