असार १२, २०८३ शुक्रबार June 26, 2026

बागमती प्रदेशसभाको बैठक आज बस्दै

विभिन्न विधेयकहरूको सैद्धान्तिक पक्षमा छलफल गर्ने र त्यसपछि दफावार छलफलका लागि सम्बन्धित विषयगत समितिमा पठाउने कार्यसू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागमती । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ। बैठकमा विभिन्न विधेयकहरूको सैद्धान्तिक पक्षमा छलफल गर्ने र त्यसपछि दफावार छलफलका लागि सम्बन्धित विषयगत समितिमा पठाउने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए।

यसअघि गत चैत २५ र २६ गते बसेको बैठकमा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक २०८२’ तथा ‘प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धी विधेयक २०८२’ प्रस्तुत भई सामान्य छलफल भइसकेको थियो।

आजको बैठकमा ती विधेयकहरूको सैद्धान्तिक पक्षमा थप छलफल गरी दफावार अध्ययनका लागि समितिमा पठाइने र त्यहाँबाट प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार पारिने जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया