बैसाख ८, २०८३ मंगलबार April 21, 2026

कमला नदी दोहनविरुद्ध सभामुख यादवलाई ज्ञापनपत्र

पछिल्लो समय अनियन्त्रित उत्खननका कारण नदीको स्वरूप बिग्रँदै गएको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महेन्द्रनगर (धनुषा), ८ वैशाख : कमला नदी तथा चारनाथ खोलामा भइरहेको अवैध उत्खनन रोक्न माग गर्दै सरोकारवालाले आज जनकपुरधाममा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा सिन्धुलीबाट उद्गम भई उदयपुर, सिराहा र धनुषा हुँदै बग्ने कमला नदीले तराई-मधेसको उर्वरता र जनजीवनमा महत्त्वपूर्ण भूमिका खेले पनि पछिल्लो समय अनियन्त्रित उत्खननका कारण नदीको स्वरूप बिग्रँदै गएको उल्लेख गरिएको छ ।

नदीको वहाब परिवर्तन हुँदा तटीय क्षेत्रका वस्ती जोखिममा परेको, खेतीयोग्य जमिन बालुवाले पुरिँदै गएको तथा स्थानीय बासिन्दा त्रसित बन्नुपरेको नदीनाला अवैध उत्खननविरुद्धको अभियानका संयोजक राम एकवाल शर्मा (बाली)ले बताउनुभयो ।

विशेषगरी धनुषाको गणेशमान चारनाथ नगरपालिका क्षेत्रमा नदीजन्य पदार्थको अवैध उत्खनन तीव्र रूपमा बढेको र यसमा स्थानीय सरकार, क्रसर उद्योगी तथा केही निकायको मिलेमतो रहेको आरोप ज्ञापनपत्रमा लगाइएको छ । अवैध उत्खननविरुद्ध आवाज उठाउनेहरूलाई दमन गरिँदै आएको उल्लेख छ ।

ज्ञापनपत्रमा कमला नदी क्षेत्रमा उत्खनन गर्दा वातावरणीय मापदण्ड तथा कानुनी प्रक्रिया पालना नगरिएको, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनसमेत अवास्तविक बनाइएको उहाँको भनाइ छ । साथै, उत्खननका कारण चुरे क्षेत्र तथा वन्यजन्तुको बासस्थानमा गम्भीर असर परेको उल्लेख छ । हिसपिड खरायो, हुँडार र अन्य लोपोन्मुख प्रजातिहरूको संरक्षणमा समेत खतरा उत्पन्न भएको जनाइएको छ ।

त्यसैगरी, चारनाथ खोलाबाट पनि मापदण्डविपरीत ठूलो परिमाणमा नदीजन्य पदार्थ उत्खनन भइरहेको तथा बिनादर्ता र नवीकरण सञ्चालनमा रहेका क्रसर उद्योगलाई नियमन नगरेको आरोप लगाइएको छ । यसबाट राज्यलाई राजस्व नोक्सानी हुनुका साथै वातावरणीय क्षति बढ्दै गएको उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा अवैध उत्खनन तत्काल रोक्न, संलग्न पक्षहरूलाई कानुनी दायरामा ल्याउन, वातावरणीय प्रभावको अध्ययन गरी दिगो व्यवस्थापन गर्न तथा चुरे संरक्षण कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरिएको छ ।

साथै, धनुषाको वीरेन्द्रबजार–महिनाथपुर सडकखण्डमा बिनाबिल तथा राजस्व नतिरी सयौँ टिपरले नदीजन्य पदार्थ ओसारपसार गरिरहेकोप्रति पनि ध्यानाकर्षण गराइएको छ । ज्ञापनपत्रमार्फत सरोकारवालाले आफ्ना माग सात दिनभित्र सम्बोधन गर्न आग्रह गर्दै अन्यथा चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ
२०८३ बैसाख ८, मंगलबार
अर्थमन्त्री डा वाग्लेसँग अमेरिकाका सहायक विदेश कुपरले भेट
२०८३ बैसाख ८, मंगलबार
युवाले रोजगारी खोज्ने होइन, सिर्जना गर्ने होः मन्त्री पोखरेल
२०८३ बैसाख ८, मंगलबार
राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री
२०८३ बैसाख ८, मंगलबार
न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनलाई पार्टीको पुनः समर्थन
२०८३ बैसाख ८, मंगलबार
विश्व बैंकको सहयोगमा निर्माणाधीन सडकमा ४३ प्रतिशत प्रगति
२०८३ बैसाख ८, मंगलबार
प्रतिनिधिसभा नियमावलीको मस्यौदा सभामुख समक्ष पेश (पूर्णपाठ)
२०८३ बैसाख ८, मंगलबार