असोज १२, २०८३ सोमबार September 28, 2026

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध काठमाडौंमा विद्यार्थी संगठनहरूले गरे प्रदर्शन

शिक्षा क्षेत्रमा भइरहेको राजनीतिक हस्तक्षेपको विरोध गर्दै शिक्षामन्त्री सस्मित पोखरेल को राजीनामा माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विभिन्न दलनिकट संयुक्त विद्यार्थी संगठनहरूले राजधानीको प्रदर्शनी मार्ग क्षेत्रमा राँके जुलुससहित प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले बढ्दो महँगीका कारण आमनागरिक र विद्यार्थी समुदाय प्रत्यक्ष प्रभावित भएको भन्दै पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई दबाब दिएका छन् । उनीहरूले मूल्यवृद्धि फिर्ता नगरे आन्दोलन थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन् ।

यस्तै, प्रदर्शनका क्रममा विद्यार्थीहरूले शिक्षा क्षेत्रमा भइरहेको राजनीतिक हस्तक्षेपको विरोध गर्दै शिक्षामन्त्री सस्मित पोखरेल को राजीनामा माग गरेका छन् । उनीहरूको आरोप छ कि विश्वविद्यालयहरूमा अनावश्यक राजनीतिक प्रभाव बढ्दै गएकोले शैक्षिक वातावरण प्रभावित भएको छ ।

प्रदर्शनकारीहरूले “मूल्यवृद्धि फिर्ता गर”, “विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर” र “विद्यार्थी संगठन खारेज गर्न पाइँदैन” जस्ता प्लेकार्ड बोकेका थिए । प्रदर्शनका कारण केही समय उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो भने सुरक्षाका लागि उल्लेख्य मात्रामा प्रहरी परिचालन गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा
२०८३ असोज १२, सोमबार
वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित
२०८३ असोज १२, सोमबार
सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै
२०८३ असोज १२, सोमबार
एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा
२०८३ असोज १२, सोमबार
शैक्षिक पूर्वाधारमा ठूलो लगानी, अब उपलब्धि देखाउने दबाब
२०८३ असोज १२, सोमबार
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
२०८३ असोज १२, सोमबार
जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
२०८३ असोज १२, सोमबार