बैसाख ९, २०८३ बुधबार April 22, 2026

आज बुधबार : कस्तो रहला तपाईंको राशिफल ? हेर्नुहोस्

मकरलाइ आजको दिन नियमित कार्यहरू रमाइलो तरिकाले गर्न पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेष – दिगो फाइदा हुने काम सुरु हुनसक्ने समय छ । नोकरी तथा समाजसेवामा गरेका प्रयासहरु प्रशंसादायी रहनेछन् । विरोधिजनले पनि तारिफ गर्ने देखिन्छ । नयाँ कामको लागि नयाँ अवसर आउने योग छ । आरोग्यबल बढ्नेछ । सुख–आनन्द बढ्ला । साझेदारीको काममा सफलता मिल्नेछ । सामाजिक कार्यमा यश–वर्चश्व बढ्नेछ ।

वृष – मिश्रित फलदायी समय छ । व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन्, तर नसेचेको स्थानबाट स्थानबाट धन आर्जन हुने देखिन्छ । स्वास्थ्यमा सुधार आउला । पढाइलेखाइमा मन जानेछ भने समस्याको बेला सही निर्णय गर्न सकिनेछ । दौडधुप र जोखिम केही बढेपनि समस्या नै निम्तने देखिन्न । साथीभाइको सहयोग प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – शुभदायी समय छ । विशेष कार्यमा मिलेको सफलताले थप काम गर्ने हौसला मिल्ला । धनलाभको योग छ । प्रेमको प्रसंग सुखद रहला । आमोदप्रमोदमा रम्ने अवसर जुर्ने देखिन्छ । राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह देखापर्नेछ । मित्रजनबाट महत्वपूर्ण काममा साथ–समर्थन पाइनेछ । पारिवारिक समस्याको समाधान मिल्ला । यात्रापरक काम बन्नाले उत्साह बढ्नेछ ।

कर्कट – जाँगर र इच्छाका विपरीत बाध्यताका काममा जुट्नुपर्ने समय छ । स्वास्थ्य केही कमजोर बन्नुका साथै नियमित कार्यमा ढिलासुस्ती हुन सक्छ । नयाँ कामको थालनी गर्दै हुनुहन्छ भने आज थाती राख्नु हितकर हुनेछ । मिठो भोजन प्राप्तिको योग भएपनि खानपानमा विशेष सचेत रहनुपर्ने देखिन्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

सिंह – बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पारिवारिक सुखशान्ति वृद्धि हुने समय छ । तर, नयाँ योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने सोचेअनुसार काम बन्न कठिन छ । नयाँ वस्त्र, मीठो खानाको आनन्द मिल्ने योग छ । खर्च भने केही वृद्धि हुने देखिन्छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । सबल स्वास्थ्यका लागि खानपानमा सजक रहनु हितकर होला । मित्रजन सहयोगी बनेर देखापर्ने छन् ।

कन्या – भाग्योदयको समय रहेको छ । साहसिक काममा आकर्षण रहनुका साथै कार्य–व्यापारमा सफलता प्राप्त हुनेछ । व्यापार तथा उद्योगमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् भने नसोचेको ठाउँबाट केही लाभ मिल्ने सम्भावना छ । आयआर्जन सन्तोषजनक रहनाले पारिवारिक आवश्यकता पूर्ति होला । आरोग्यबल बढ्नेछ ।

तुला – परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने समय छ, नियमित कार्यमा समस्या आउन सक्छ । मान–सम्मानमा कमी हुनेछैन, तर मनमा त्यसै-त्यसै आशङ्काको भाव पैदा हुनसक्छ । धैर्यले काम लिने प्रयास गर्नुहोला । आरोग्यबल बढ्नेछ । प्रतिष्पर्धीहरू प्रवल बनेर देखापर्न सक्छन् । नोकरीमा केही समस्या देखापर्ने सम्भावना छ, ध्यान राख्नुहोला । चुनौतीका बाबजुद दायित्व निर्वाहमा सफलता नै मिल्नेछ । प्रेमभाव र दाम्पत्यसुख बढ्नेछ ।

वृश्चिक – शुभदायी एवम् सफलताकारक समय छ । अधुरा काम बन्ने तथा नयाँ काम प्रािप्तको योग छ । नोकरीमा बर्चस्व बढाउन सकिनेछ, तर अध्ययन-अध्यापनमा खासै जाँगर नचल्ने देखिन्छ । अर्थलाभसँग सम्बन्धित कार्यमा गरिएका प्रयास सार्थक रहनेछ । यात्रागत कार्य केही कठिन भएपनि अन्ततः सफलतादायी सावित होला । नजिकका साथीभाइको सहयोग मिल्नाले कार्यगति बढ्नेछ ।

धनु – नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि भेटिनेछन् । धन आर्जन हुने समय छ, तर आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने सम्भावना छ । कल्पना र भावनामा केन्दित भइएला । बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोली र व्यवहारलाई नियन्त्रणमा राख्नु हितकर होला । साहसिक काममा आकर्षण बढ्ने देखिन्छ ।

मकर – आजको दिन नियमित कार्यहरू रमाइलो तरिकाले गर्न पाइनेछ । कतैबाट आर्थिक लाभ हुने समय छ, चनाखो रहनु उचित होला । रोकिएका कामहरु पनि सजिलै अघि बढ्नेछन् भने पराक्रम वृद्धि हुनेछ । सकारात्मक परिणामका लागि व्यस्तता वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । सुख–सुविधाको बस्तुमा खर्च हुने योग छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

कुम्भ – शुभदायी दिन छ । नवीन रोजगारीको सम्भावना छ । व्यापार र रोजगारीका क्षेत्रमा विशेष लाभ मिल्नेछ भने कतै आतिथ्यपूर्ण सम्मान पाइएला । यात्रागत कार्यमा सफलताका लागि विशेष सजगता अपनाइ काम गर्नुपर्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । दिन मनोरञ्जनपूर्ण रहने देखिन्छ ।

मीन – सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्नसक्ने समय रहेकोले आजको दिन विशेष सजग रही कार्य–व्यवहार गर्नुहोला । खर्च वृद्धि हुनसक्छ, नियन्त्रणका लागि प्रयास गर्नु हितकर हुनेछ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष सजग रहनुहोला । काममा अरुको कम भर पर्नु उचित हुनेछ । सवारीसाधन तथा हातहतियारको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया