असोज ६, २०८३ मंगलबार September 22, 2026

किन दुर्योधनले श्रीकृष्णलाई बन्दी बनाउन खोजेका थिए ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः महाभारतमा जुनसुकै बेलामा जोकसैको ज्यान जान सक्थ्यो । श्रीकृष्णबाट पनि जोखिम मोल्ने क्रियाकलाप भएको थियो । तर उनी धेरै चतुर्याई र शक्तिबाट आफै बचेका हुन् । एक पटक कालयवनको चंगुलबाट बचेर निस्केका थिए ।

कौरव र पान्डवबीचमा युद्ध रोक्ने अन्तिम प्रयासको जिम्मा पाएपछि भगवान श्रीकृष्णले हस्तिनापुर जाने निर्णय लिए तर त्यहाँ शकुनी र दुर्योधनले आफ्ना कुटिल नितिले श्रीकृष्णलाई मार्न चाहेका थिए । ताकी पान्डवको सबैभन्दा बलियो पक्ष समाप्त गर्नलाई ।

तर श्रीकृष्णलाई यो थाहा थियो कि हस्तिनापुरमा यदि कहि सुरक्षित बस्ने भनेको विदुरको घर हो । विदुरको पत्नी एक यदुवंशी थिइन् । अर्को कुरा विदुरलाईं दुर्योधन र शकुनीले कयौपटक अपमान गरेका थिए, विदुरपनि दुर्योधनबाट चिढिएका थिए ।

दुर्योधनले विदुरको अपमान गरेकाले उनले भारी मनले युद्ध लड्न चाहान्नथे । त्यसैकारण विदुरले युद्ध नलड्ने सकल्प गरेका थिए ।

जब श्रीकृष्ण रातमा विदुरको मा बसेकालें विदुरले सम्झाएका थिए । दुष्ट दुर्योधनले कसैको पनि कुरा सुन्दैन उस्ले तपाइँको अपमान गर्छ । उता श्रीकृष्णलाई पनि थाहा थियो भारी सभामा दुुर्यौधनले आफ्नो अपमान गर्छ र त्यसपछि सबै परिस्थिती बदलिनेछ ।

श्रीकृष्ण विदुरको मा बसेर हस्तिनापुरमा स–सम्मान प्रवेश गर्न सके । विदुरसँग अर्जुनको भन्दा पनि शक्तिशाली गान्डीव थियो ।

कृष्णले सात्यकिको योग्यता र निष्ठामा धेरै विश्वास गर्थे । सात्यकिलाई हस्तिनापुर प्रवेश गर्नु अगाडी नै कृष्णले नारायणी सेनाको स्वतन्त्र रुपमा उपयोग गर्न र सावधान भएर ढोकामा बस्न लगाएका थिए ।

कृष्णले कौरवहरुलाई आफ्नो सेनाको कुरा गरेर सूरुमा नै धम्काएका थिए । श्रीकृष्णको कुरा सुनेर शकुनी डराएर दुर्योधनलाई रोक्ने प्रयास गरे । श्रीकृष्णले कौरव पक्षलाई पान्डवहरुको लागि जम्मा पाँच गाउँ मागे । तर दुर्योधनले श्रीकृष्णको प्रस्तावलाई ठाडै अस्विकार गरेर श्रीकृष्णलाई बन्दी बनाउन सेनालाई आदेश दिए । धार्मिक ग्रन्थ

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार