असार १२, २०८३ शुक्रबार June 26, 2026

सङ्घीय संसद्को दुवै अधिवेशन आह्वान तत्कालका लागि स्थगित

मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै वैशाख १७ गते सुरु हुने भनिएको संसद्को बजेट अधिवेशन अन्योलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको आगामी अधिवेशन आह्वान हाललाई स्थगित गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को आजैको सिफारिस बमोजिम उनले यसअघि तय गरिएको अधिवेशन स्थगित गर्ने निर्णय गरेका हुन्।

यसअघि वैशाख ८ गतेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम वैशाख १७ गतेका लागि दुवै सदनको बैठक आह्वान गरेका थिए।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा विशेष कारणवश मन्त्रिपरिषद्ले आजै पुन: सिफारिस गरेपछि पूर्वघोषित अधिवेशन आह्वान हाललाई स्थगित गरिएको उल्लेख छ। मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै वैशाख १७ गते सुरु हुने भनिएको संसद्को बजेट अधिवेशन अन्योलमा परेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया