बैसाख १४, २०८३ सोमबार April 27, 2026

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शिलान्यास

आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने दूरगामी लक्ष्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तनहुँ, वैशाख १४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले आज तनहुँको भानु नगरपालिका–४, चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ को शिलान्यास गर्नु भएको छ ।

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने दूरगामी लक्ष्यका साथ निर्माण गर्न लागिएको उद्यानको  राष्ट्रपति पौडेलले आज सोमबार शिलान्यास गर्नुभएको हो ।

राष्ट्रपति पौडेलकै विशेष परिकल्पना र पहलमा यो आयोजनाले मूर्त रूप लिन लागेको हो, जसलाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको छ ।

यसअघि घोषणा भएर पनि विभिन्न प्राविधिक कारणले अगाडि बढ्न नसकेको यस आयोजनालाई वर्तमान सरकारले प्राथमिकतामा राख्दै निर्माण कार्य सुरु गरेको हो ।

भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठका अनुसार सरकारले विनियोजन गरेको २० करोड रुपियाँ बजेटबाट उद्यानको पहिलो चरणको निर्माण कार्य सुरु हुन लागेको छ ।

गुरुयोजना अनुसार निर्माण हुने यस उद्यानभित्र पहिलो चरणमा आधुनिक ‘भानु भवन’ निर्माण गरिनेछ । यस परियोजनाको मुख्य उद्देश्य आदिकवि भानुभक्त आचार्यको योगदानलाई जीवन्त राख्नु र विश्वभर छरिएका नेपाली भाषीहरूका लागि एउटा साझा प्राज्ञिक थलो निर्माण गर्नु रहेको छ ।

उद्यानभित्र आगामी दिनमा सातै प्रदेशका प्रमुख धार्मिक एवं सांस्कृतिक सम्पदाका नमूनाहरू र नेपाली साहित्यका मूर्धन्य व्यक्तित्वहरूको सालिक स्थापना गरिने योजना रहेको छ ।

यसले चुँदी रम्घालाई एउटा सांस्कृतिक तीर्थस्थलको रूपमा विकास गर्ने विश्वास लिइएको भानु नगरपालिकाको उपप्रमुख उमा गोतामे बताउनुहुन्छ ।

गोतामेले यो उद्यान भौतिक संरचना मात्र नभई अनुसन्धानकर्ताहरूका लागि एउटा महत्वपूर्ण केन्द्र बन्ने उल्लेख गर्नुभयो ।नेपाली भाषालाई बिस्तार गर्ने श्रेय पाउनुभएका आदिकविको जन्मस्थानमा यति ठूलो लगानीमा निर्माण सुरु हुनुले स्थानीयबासीहरूमा उत्साह थपेको छ ।

शिलान्यास समारोहलाई भव्य बनाउन स्थानीय प्रशासन, राजनीतिक दल र नागरिक समाजसँग आवश्यक समन्वय गरिएको थियो भने राष्ट्रपतिको आगमनलाई लिएर तनहुँको सुरक्षा व्यवस्थालाई पनि अत्यन्तै चुस्त र प्रभावकारी बनाइएको थियो ।

यो आयोजना सम्पन्न भएसँगै भानु नगरपालिका विश्वभरका नेपाली साहित्य अनुरागीहरूको प्रमुख आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शिलान्यास
२०८३ बैसाख १४, सोमबार
न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह
२०८३ बैसाख १४, सोमबार
प्रदेश प्रमुख मियाँद्वारा बजेट अधिवेशन आह्वान
२०८३ बैसाख १४, सोमबार
बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन
२०८३ बैसाख १४, सोमबार
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
२०८३ बैसाख १४, सोमबार
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
२०८३ बैसाख १४, सोमबार
कक्षा १२ को परीक्षा आजबाट सुरु, डेढ महिनाभित्र नतिजा प्रकाशन गर्ने
२०८३ बैसाख १४, सोमबार