असार १२, २०८३ शुक्रबार June 26, 2026

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको पहिलो बैठक यही वैशाख २८ गते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कर्णाली। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन आह्वानका सिफारिस गरिएको छ ।

कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको पहिलो बैठक यही वैशाख २८ गते बुधबार दिउँसो ३ः०० बजे बस्ने गरी आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको हो । यसअघि गत चैत १५ कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको थियो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया