असार २९, २०८२ आइतबार July 13, 2025

काठमाण्डौंमा ८१७ सहित उपत्यकामा ९४३ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पछिल्लो २४ घण्टामा काठमाण्डौं उपत्यकामा ९४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाण्डौैं जिल्लामा ८१७, भक्तपुरमा ५८ र ललितपुरमा ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारि दिए ।

यो सहित पछिल्ले २४ घण्टामा नेपालमा थप १ हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता गौतमले देशभरका बिभिन्न प्रयोगशालामा १२ हजार ४४४ जनामा पीसीआर परिक्षण गर्दा १ हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारि दिए ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको प्रवक्ता गौतमले जानकारि दिए ।

यस्तै थप ९६१ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ५७ हजार ३८९ पुगेको छ । आज देशभर ५,७७ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया