मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मंगलबार बिहानसम्मको समय मध्यम रहेकोले कुटुम्ब तथा आफन्तसँगको आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । पुराना समस्याहरू पुनः आइलाग्ने तथा शत्रुहरूले दुःख दिनेछन् । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला दुख हुने अधिक सम्भावना रहेको छ । मंगलबार मध्यान्हबाट धर्म तथा अध्यात्म क्षेत्रसँग सम्बन्धित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । कार्यक्षेत्रमा सहकर्मीको साथ रहने हुनाले उपलब्धि हासिल गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रेम सम्बन्ध सुमधुर रहने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत लाभ लिन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाई जनमानसमा लैजान सकिनेछ । व्यापार, औद्योगिक क्षेत्र तथा सेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ भने माया प्रेममा सामीप्य बढेर जानेछ । निर्माण सामाग्री तथा खाद्यान्नको व्यापार फस्टाएर जाने हुनाले दैनिकी सुदृढ हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाई जनमानसमा लैजान सकिनेछ । व्यापार, औद्योगिक क्षेत्र तथा सेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । घुमफिर तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले आफन्त तथा मावली पक्षसँग मनमुटाब सिर्जना हुनेछ भने न्यायिक निर्णयहरू तपाईँको पक्षका नहुन सक्छन् । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा दुर्घटना हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीहरूसँग मनमुटाब सिर्जना हुनेछ । ऋण, रोग तथा सङ्कटको सामना गर्नु पर्ने हुन सक्छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) प्रतिस्पर्धी तथा सहपाठीहरूलाई किनारा लगाउँदै पढाइ लेखाइमा नतिजा हात पार्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धी समस्या झेल्नेहरूले मुक्ति पाउने समय रहेको छ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखी रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाइनेछ । वित्तीय बजार तथा व्यापारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाई जनमानसमा लैजान सकिनेछ । शुक्रबार र शनिबारको समय मध्यम रहेकोले खानपान तथा वातावरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । सरकारी काम गर्दा सचेत रहनुहोला काम बिग्रने तथा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसाय फस्टाएर जानेछ भने अन्य व्यवसायमा नाफा कमाउन सकिनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । नयाँ काम गरी आम्दानी बढाउन सकिनेछ भने भौतिक सम्पत्ति तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुँदा मन प्रसन्न रहनेछ । परिवारसँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसी रहनेछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहने हुनाले तपाईँको प्रतिस्पर्धीको रूपमा अरुनै देखा पर्नेछन् । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । आउनु पर्ने रुपैयाँ पैसा नआउने तथा आफन्तलाई दिएको धनले शत्रुता बढाउनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मंगलबार बिहानसम्मको समय मध्यम रहेकोले राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरू सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । मंगलबार मध्यान्हबाट उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ भने भौतिक सम्पत्तीहरु लाभ हुनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानी बढाउँदा मनग्गे धन कमाउन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ । व्यापार व्यवसायमा लगानी गर्दा प्रशस्त आम्दानी हुने हुँदा दैनिक कामहरू सहज रूपमा हुनेछन् भने महत्त्वपूर्ण कामहरू सम्पादन हुनेछन् । माया प्रेममा सामीप्य बढेर जानेछ भने परिवारमा आत्मीयता झल्कनेछ । न्यायिक निर्णय तपाईँकै पक्षमा फैसला हुनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) असजिलो परिस्थितिमा साथ दिनेहरू कमै भेटिनेछन् । कुनै पनि काम गर्दा नियम सङ्गत गर्नुहोला, बलजफती गर्दा समस्या आउन सक्छ । बन्धुबान्धब हरुसँग मनमुटाव बढ्ने तथा छिमेकीहरूसँग विवाद हुने योग रहेको छ । छोटो दुरीको यात्रा कष्टकर हुन सक्छ । तर पनि वित्तीय बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । कागज तथा प्रेस सम्बन्धी कामबाट आम्दानी हुनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ । अध्ययन वा काममा प्रविधिको प्रयोग गर्न सकिनेछ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत लाभ लिन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाई जनमानसमा लैजान सकिनेछ । व्यापार, औद्योगिक क्षेत्र तथा सेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाइलो जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । होटेल तथा खानपान सम्बन्धी व्यापारबाट लाभ लिन सकिनेछ । तर पनि गन्तव्य विहीन यात्राले समस्या निम्तिन सक्छ ध्यान लिनुहोला । आफन्त तथा दाजुभाइसँग मनमुटाब बढ्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । कुनै पनि विवाद तथा अदालती पक्रियामा सामेल नहुनुहोला तपाईँको पक्षमा निर्णय नआउन सक्छ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) साताको समय राम्रो रहेकोले व्यापार, औद्योगिक क्षेत्र तथा सेयर बजारमा लगानी बढाई प्रशस्त नाफा कमाउन सकिनेछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रसन्न हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । समयमा काम गरी प्रशंसक तथा समर्थकहरू जुटाउन सकिनेछ । बुद्धि तथा वाणीको माध्यमले धेरैको मन आफूतिर खिच्न सकिनेछ । परिवारका साथ रमाइलो गर्दै मिष्टान्न भोजनका साथ रमाउन सकिनेछ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायमा समय लगानी गर्दै हुनुहुन्छ भने समय फलदायी रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) मंगलबार बिहानसम्मको समय मध्यम रहेकोले खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आई उपचार खर्चमा वृद्धि हुने योग रहेको छ । व्यापारमा भनेजस्तो आम्दानी नहुँदा दैनिकी प्रभावित हुन सक्छ । आफ्नै मानिसलाई विश्वास गर्दा धोका पाइनेछ । मंगलबार मध्यान्हबाट पढाइ लेखाइमा राम्रो प्रगति गरी सफलताको मार्गमा अगाडी बढ्न सकिनेछ । शेयर बजार तथा व्यापारबाट मनग्गे फाइदा हुनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक कामगर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा वृद्धि गर्न सकिनेछ । विभिन्न किसिममा भौतिक लाभ हुनेछ भने सवारी साधन प्राप्तिको योग रहेको छ । कलाकारिता तथा सङ्गीत पेसा व्यवसायमा समय लगानी गर्नेहरूले प्रशस्त रुपैयाँ पैसा कमाउने ग्रहयोग रहेको छ । घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साताको सुरु र अन्तको समय राम्रो रहेकोले पैतृक धन तथा सञ्चित धन सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग तथा परिचालन मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । इच्छा तथा चाहना बुझ्न सकिने हुनाले प्रेममा उमङ्ग छाउनेछ । पढाइ लेखाइमा मन जाने हुनाले चाहेको सफलता चुम्न सकिनेछ । आफन्त तथा दाजुभाइको सहयोगले सवारी साधनको खरिद गर्न सकिनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । सन्तानको प्रगतिमा मन रमाउनेछ भने वंश वृद्धिको योग रहेको छ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छी गर्ने बानिले कामहरू बिग्रन सक्छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) भौतिक सम्पत्तिहरू जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेको छ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । सरकारी सम्पत्ति तथा पैतृक सम्पत्ति हात लागी हुने प्रशस्त सम्भावना रहेको छ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । शुक्रबारबाट आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । होसियारीसाथ काम लिनुपर्ने समय छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) साताको सुरु र अन्तको समय राम्रो रहेकोले सरकारी तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत धन आर्जन गर्न सकिनेछ । उद्योग तथा सेयर बजारमा आज गरिने लगानी भविश्यको लागी आम्दानीको गतिलो स्रोत बन्नेछ । आफन्त तथा दाजुभाइको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा प्रगति गर्न सकिने तथा अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । । प्रेमील जोडीहरूका लागी यात्राको अवसर जुर्नेछ भने मनमोहक दृश्यहरू मन मुटुमा कैद गर्न सकिनेछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले कार्य क्षेत्रमा अरूको नकारात्मक टिका टिप्पणीले समस्या पैदा हुनेछ भने खुट्टा तान्नेहरू हाबी हुनेछन् । व्यापारमा मन्दी आउनेछ भने नोकरीमा दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेको छ । प्रेममा एक अर्काको भावनालाई कदर गर्न नसक्दा टाढिनु पर्ने बाध्यता आउनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया