बैसाख २२, २०८३ मंगलबार May 5, 2026

रौतहटमा हालसम्म तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

साझेदारी वनको ९०५ हेक्टर र सागरनाथ वृक्षरोपण क्षेत्रको २०१ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चन्द्रपुर (रौतहट) । रौतहटमा हालसम्म तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटामा छ । अतिक्रमणको चपेटामा परेकोमध्ये एक हजार ४२५ हेक्टर चुरेक्षेत्र तथा एक हजार ७४६ हेक्टर भावर तथा तराई क्षेत्र रहेको छ ।

डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहका अनुसार व्यवस्थित वनको एक हजार ३२८ हेक्टर, सामुदायिक वनको ७५४, साझेदारी वनको ९०५ हेक्टर र सागरनाथ वृक्षरोपण क्षेत्रको २०१ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा छ ।

यसैबीच डिभिजन वन कार्यालयअन्तर्गत सञ्चालित दिगो वन व्यवस्थापन कार्यक्रम र विभिन्न सामुदायिक वन उपभोक्ता समूहबाट आर्थिक वर्ष २०८२/८३ मा करिब ५४ हजार क्युफिट काठ उत्पादन भएको छ । दिगो वन व्यवस्थापन लागू भएका तीन सामुदायिक वन उपभोक्ता समूह, एउटा साझेदारी वन उपभोक्ता समिति र विभिन्न सामुदायिक वनको वन क्षेत्रबाट उक्त परिमाणको काठ उत्पादन भएको हो ।

यसै वर्षदेखि चन्द्रपुर नगरपालिका–४ र ६ मा रहेको हातेमालो सामुदायिक वन उपभोक्ता समुह, चन्द्रपुर—३ मा रहेको तिलेश्वरनाथ र भोर्लेनी सामुदायिक वन उपभोक्ता समूह तथा रङ्गपुर साझेदारी वन उपभोक्ता समितिको वन क्षेत्रमा दिगो वन व्यवस्थापन कार्यक्रम सञ्चालन भएको कार्यालय प्रमुख साहले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया